अर्थ-वाणिज्य

महाराजगंज :किसानमुखी कार्यक्रम,उत्पादन मुखी लगानी



कपिलवस्तु १५ पुस ।कपिलवस्तुको महाराजगंज नगरपालिकाले कृषकहरुलाई उद्यम बनाउन व्यवसायी कृषि कार्य गर्नका लागि निशुल्क कृषि समाग्री वितरण गरेको छ । नगरपालिकाले निशुल्क रुपमा पानी तान्ने पम्पीसेट, विउ विजन, घाँसको विउ वितरण गरेको छ ।  आवश्यतालाई मध्येनजर गर्दै निशुल्क समाग्री वितरण गर्दै आएको हो ।नगरपालिकाले पशु पालन गर्ने कृषकहरुलाई समेत विशेष अनुदान दिएको जनाएको छ ।

    कृषि कार्यमा किसानलाई लगनशिल बनाउनका लागि कृषि अनुदान वितरण गरीएको महाराजगं नगरपालिका नगर प्रमुख अब्दुल कलामले जानकारी दिनुभयो । चालु आर्थिक बर्षमा विनियोजीत रकमबाट कृषि तथा पशु कार्यको लागि अनुदानको व्यवस्थापन गरिएको नगर प्रमुख कलामले बताउनु भयो ।त्यसै क्रममा महाराजगंज नगरपालिकाले सिचाईको लागि कृषि समाग्री अन्तरगत किसानहरुलाई निशुल्क डिप बोरिङ जडान गरेको छ ।

     महाराजगंज नगरपालिका एक सय ५० कृषकहरुलाई निशुल्क डिप बोरिङ जडान गरेको महाराजगंज नगरपालिका कृषि शाखाका अधिकृत उदय बहादुर पासीले जानकारी दिनु भयो । महाराजगंज नगरपालिका प्रत्येक गाँउका कृषकहरुको माग अनुसार निशुल्क डिप बोरिङ जडान गरीएको अधिकृत पासीले बताउनु भयो ।

प्रकाशित : १५ पुस २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६