अर्थ-वाणिज्य

बालकको जीवन रक्षार्थ सिडियोको चन्दा अभियान



गुल्मी १६ पुस । लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार खर्च तिर्न नसकेर तीन दिनदेखि अलपत्र बालकको उद्धारमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मानै लागेकी छन् । रेसुंगा नगरपालिका २ का १६ बर्षीय बालक सुनिल विक अस्पतालमा अलपत्र छन् । उनी ०७७ पुस ३ गते अटो दुर्घटनामा परेर गम्भीर घाइते थिए । 

    ती बालकलाई उद्धार गर्न शर्माको सक्रियतामा बुधबार एकैछिनमा एक लाख १२ हजार एक सय ४० आर्थिक सहयोग संकलन भएको छ । बालक अलपत्र परेको खबर पाउने बित्तिकै प्रमुख जिल्ला अधिकारी शर्माले अस्पताल र पाल्पा प्रशासनसंग समन्वय गरेकी थिइन् । तर, अनिवार्य रुपमा पैसा बुझाउने स्थिती आएपछि सहयोग संकलनको अभियान सुरु गरिएको शर्माले बताइन् । बुधबार जिल्ला प्रशासन कार्यालयमा संचालन गरिएको सहयोग संकलन अभियानमा गुल्मी उद्योग बाणिज्यसंघबाट २० हजार, निर्माण व्यावसायी संघबाट १० हजार, जिल्ला प्रशासन कार्यालयका कर्मचारीबाट ११ हजार ५ सय ५०, सुनिल समिर निर्माण सेवाबाट १० हजार र गुल्मी अस्पतालका कर्मचारीबाट ११ हजार ८ सय १५ सहयोग प्रदान भएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण भण्डारीले जानकारी दिए । 

    त्यस्तै स्वास्थ्य कार्यालय, खानेपानी कार्यालय, मदन भण्डारी राजमार्ग, जिल्ला समन्वय समिति लगायतका कार्यालय र विभिन्न व्यक्तिहरुले पनि सहयोग गरेका छन् । संकलन भएको रकम प्रमुख जिल्ला अधिकारी शर्माले अस्पतालमा अलपत्र सुनिलकी आमा सुन्तली विकलाई प्रदान गरेकी छन् ।  उनले आफैले ४ हजार सहयोग गरेर अभियानको सुरुवाँत गरेकी थिइन् । ‘गुल्मी आउने बित्तिकै विपन्न बालक अस्पतालमा अलपत्र परेपछि सवैलाई सहयोगको याचना गर्नुप¥यो, आज सवैले दिल खोलेरै सहयोग गर्नुभयो,’उनले भनिन,‘बाबुको उद्धारमा पाएको सहयोगको प्रसंसा गर्दछु ।’ जिल्ला प्रशासन कार्यालयमा सहयोग संकलन जारी भएकाले सहयोग गर्ने व्यक्ति र संस्थाहरुलाई स्वागत गर्ने शर्माले बताइन् ।  

प्रकाशित : १६ पुस २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६