अर्थ-वाणिज्य

बनका उपभोक्ता सडकमा :जिल्ला बन्द क्षणिक अवरोधमा रुपान्तरण



कपिलवस्तु १६ पुस ।सरकारले वैज्ञानिक वन व्यवस्थापनमा लगाएको रोक फिर्ता नलिएको भन्दै कपिलवस्तुमा वन उपभोक्ताहरुले प्रदर्शन गरेका छन् । उनीहरुले बिहिबार कपिलवस्तुको पुर्वी सिमाना कोठि खोला नजिकै पुर्व पश्चिम राजमार्ग क्षणिक अबरुद्ध गरेका हुन ।  सामुदायिक तथा साझेदारी बनका उपभोक्ताहरुले सरकारले गरेको निर्णय बिरुद्ध प्रर्दशन गरेका थिए । संजालले कपिलवस्तु जिल्लाभर पौष १६ गते सम्पूर्ण यातायात बन्दको घोषणा गरेता पनि यातायात बन्द भने भएन । तर प्रदर्शनमा उत्रियका प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्नका लागि कपिलवस्तु प्रहरीले बुधबार बिहानै देखि ठाउँ ठाउँमा प्रहरी तैनाथ गरेको थियो ।


हजारौंको संख्यामा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले वैज्ञानिक वन व्यवस्थापन सहित देशभरी काठजन्य वस्तुमा लगाएको प्रतिबन्ध फुकुवा गर्न पटक पटक माग गरेपनि त्यसलाई सरकारले बेवास्ता गरेका कारण सडकमा उत्रिन परेको आक्रोश व्यक्त गरेका थिए । जेष्ठ १५ गते गरेको मन्त्रीपरिषदको निर्णय असान्दर्भीक, हचुवाको भरमा ल्याइएको, यो नीतिले विदेशी काठको आयात बढ्ने र नेपाली काठ जंगलमै कुहिने अवस्था आएकोले निर्णय सच्याउन आग्रह गरेको समितिका संयोजक रेनु सेनले जानकारी दिनुभयो ।

प्रकाशित : १६ पुस २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६