अर्थ-वाणिज्य

प्रचण्ड -नेपाल चुनाव हार्ने निश्चित भएपछि सडकमा ओर्लिए: रायमाझी



कपिलवस्तु २० पुस ।  उर्जा जलस्रोत तथा सिचाई मन्त्री टोप बहादुर रायमाझीले पदलुपताको कारण प्रचण्ड र माधव आल्गीएको बताउनु भएको छ । पार्टीको सिद्धान्त नमान्ने पद मात्र चाहिने भएकोले उहाँहरु अलग्गीएको मन्त्री रायमाझीले बताउनु भयो ।व्यापार संघ कपिलवस्तुले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री रायमाझीले आगामी चुनावमा विलाएर जाने बताउनु भयो ।

    सरकार विरुद्ध सडकमा आएका पुष्प कमल दहाल प्रचण्ड र माधव कुमार नेपाल सडक बाटै विलाएरर जाने दाबी गर्नु भयो ।चुनाव जित्ने हिम्मत भए प्रधानमन्त्री ओलीले दिएको अवसर सदुपयोग गरेर चुनावमा आउनु हुन्थ्यो । तर त्यो हिम्मत छैन त्यसैले सडकमा हामी यहाछौं भन्ने पम्पलेट टासेर देखिन थाल्नु भएको हो उहाले भन्नु भयो ।  

नेपाली काँग्रेसको इसारमा प्रचण्ड र माधव नेपालले अविस्वासको प्रस्ताव दर्ता गराएको मन्त्री रायमाझीले आरोप लागउनु भयो । उर्जा जलस्रोत सिचाई मन्त्री टोपबहादुर रायमाझीले नेताहरुमा पदको लोभका कारण पार्टी संकटमा परेको बताउनुभयो । अहिलेको सरकारले राम्रा काम गरेका कारण आफुहरु ओझेलमा पर्ने भए भन्ने मानसिकता आएकोले पार्टीलाई संकटमा पु¥याएको बताउनुभयो । 

    कपिलवस्तुको चन्द्रौटामा व्यापार संघ कपिलवस्तुले आयोजना गरेको अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रायमाझीले प्रचण्डलाई प्रधानमन्त्री र माधव नेपाललाई पार्टी अध्यक्षको लोभ लागेकोले पार्टी एकतालाई कायम राख्न नसकिएको बताउनुभयो । सरकारले राम्रा काम गर्दा गर्दै पनि विभिन्न आरोपहरु लगाएर प्रधानमन्त्री पद पाउने आशामा प्रचण्डमा रहेकोले पदको लोभिसँग सँगै बस्न नसकिएको बताउनुभयो ।

    ३० वर्ष सम्म पार्टी अध्यक्षको टिका लगाएर अरु कसैलाई अवशर नदिएको भन्दै आफ्नै पार्टीका नेताहरुले सरकार ढाल्न प्रयास गरेका कारण प्रधानमन्त्री ओलीले संसद बिघटन गर्नुभएको बताउनुभयो । पार्टी एकताको पक्षमा आफु सुरुदेखि पटक पटक पार्टी अध्यक्षहरुलाई भेटेर लागेको भएपनि सफल हुन नसककोे बताउनुभयो ।

प्रकाशित : २० पुस २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६