कपिलवस्तु २१ पुस ।जिल्लाको कृष्ण्नगर भन्सारमा चालु आर्थिक २०७७÷०७८ को ५ महिनामा लक्ष्य भन्दा बढी राजस्व संकलन भएको छ । चालु आर्थिक बर्षको साउन देखि मंसिर मसान्त सम्म लक्ष्य भन्दा १३ प्रतिशत बढी राजस्व संकलन भएको हो । अघिल्लो २ आर्थिक बर्षमा बार्षिक लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेको कृष्णनगर भन्सारमा चालु आर्थिक बर्षको ५ महिनामा भने लक्ष्य भन्दा बढी राजस्व सकलन भएको भन्सार प्रमुख जर्नादन पौडेलले बताए । भन्सारमा चालु आर्थिक बर्षको ५ महिनामा १ अर्व ९६ करोड ५७ लाख ५३ हजार ४९७ रुपैया राजस्व संकलन भएको उनले बताए ।
५ महिनाकालागि १ अर्व ७३ हरोड ७८ लाख लक्ष्य तोकिएको थियो । लक्ष्य भन्दा १ सय १३ दशमलव ११ प्रतिशत र बार्षिक लक्ष्यको ४६ प्रतिशत उपलब्धी हासिल भएको भन्सार प्रमुख पौडेलले बताए । अघिल्लो आर्थिक बर्षमा लक्ष्यको ७० प्रतिशत मात्र राजस्व उठेको थियो । सिमेन्ट कच्चा पदार्थ क्लिंकरको आयात आधा भन्दा बढी घटे पछि नेपाल कै प्रमुख १० नाकाहरुमा पर्ने कृष्णनगर भन्सारको राजस्व २ बर्ष यता प्रभावित प्रभावित हुदै आएको थियो । नाकाबाट आयात अहिले बढेको छ ।
भन्सार प्रमुख पौडेलले भारतको ब्रोडगेज रेलवे सेवासंग सबै भन्दा नजिक रहेको कृष्णनगर नाकालाई भौतिक र अन्य तरिकाले सुबिधा संपन्न बनाउनु पर्ने बताए । ‘यो नाकालाई ब्यापिरक र अन्य दृष्टिले सुबिधा संपन्न बनाइए यो नाका भबिष्यमा चम्बिने निश्चित छ’।नाकाको भौतिक र अन्य सेवा सबिधा बिस्तारकालागि आफुले पलह गर्ने उनले बताए । चालु आर्थिक बर्षकालागि ४ अर्व २७ करोड ३८ लाख लक्ष्य तोकिएको छ ।
प्रतिक्रिया