अर्थ-वाणिज्य

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा शर्मा नियुक्त



बुटवल २४ पुष । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा धनीराम शर्मा नियुक्त भएका छन्।बैंकको सञ्चालक समितिले अध्यक्षमा चयन गरेसँगै बिहीबार शर्मालाई पद तथा गोपनीयताको सपथ खुवाइएको छ।नेपाल राष्ट्र वैंकका गभर्नर महाप्रसाद अधिकारीले शर्मालाई पद तथा गोपनीयताको सपथ खुवाएको राष्ट्रिय वाणिज्य बैंकले जानकारी दिएको छ।यसअघि बैंक सञ्चालक समिति अध्यक्षमा उपेन्द्र कोइरालालाई नियुक्त गर्ने गरी सरकारको तयारी थियो।

उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी रहेका कोइरालालाई अध्यक्ष बनाउन लागेकोमा व्यापक विरोध भएपछि सरकार पछि हटेको छ।स्रोतका अनुसार कोइरालालाई अध्यक्ष बनाउने विषयमा विवाद देखिएपछि शर्मालाई अध्यक्ष बनाइएको हो।सरकारले बैंकको सञ्चालक समितिमा भने कोइरालालाई गत भदौदेखि नियुक्त गरेको थियो।

प्रकाशित : २४ पुस २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६