अर्थ-वाणिज्य

बौद्ध विश्व विद्यायलको शैक्षिक कार्यक्रम प्रति आकर्षण,कपिलवस्तुमा कृषि क्याम्पस स्थापनाको निष्कर्ष



कपिलवस्तु २४ पुस ।लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले कपिलबस्तुमा लुम्बिनी बौद्ध विश्व विद्यालयको सम्बन्धमा कृषि क्याम्पस शिघ्र संचालन गर्नुपर्ने बताउनु भएको छ । उहाले लुम्बिनी बौद्ध विश्व विद्यालयले कपिलबस्तुको बाणगंगामा राखेको शैक्षिक कार्यक्रम सम्बन्धी अन्तरक्रियामा बोल्दै यस्तो बताउनुभएको हो ।

    विश्व विद्यालयका उपकुलपति प्रा.डा. ह्रदयरत्न बज्रचार्यले विश्वविद्यालयले कपिलबस्तुमा आंगिक क्याम्पस र प्राविधिक तहको अध्ययन अध्यापन गराउन तत्पर रहेको बताउनुभयो । यसका लागि प्रारम्भिक चरणमा स्थानीय तहले अग्रसरता देखाउनुपर्ने स्पष्ट पार्नुभयो । विश्व विद्यालय १५ बर्षको अवधिमा संचालन हुदै आएकाले स्रोत साधनको कमी रहेको तर्क गर्नुभयो । 

    कार्यक्रममा बाणगंगाका उपमेयर चक्रपाणी अर्यालले बाणगंगा नगर विश्व विद्यालयसंग सहकार्य गर्न इच्छुक रहेको बताउदै ठोस प्रस्ताव आएपछि कार्यापालिकामार्फत आवश्यक निर्णय गर्ने स्पष्ट पार्नुभयो ।  यसैगरी कपिलबस्तु र बौद्ध शिक्षा विषयको पाठ्यक्रम तर्जुमा समितीका संयोजक डम्मर शर्माले बोल्दै कपिलबस्तुको बाणगंगाले ४८ वटा विद्यालयबाट आधारभुत तहमा बौद्ध शिक्षा लागु गरेको बताउनुभयो ।

    विश्व विद्यालयका पुरातत्व विषयका संयोजक गुणाखर गैरेको सहजिकरणमा भएको अन्तरक्रियामा विश्व विद्यालयका मानविकि तर्फका डिन उकेश भुजुले बोल्दै विश्व विद्यालयले कृषि, वन, पर्यटन र मेडिकल शिक्षामा केहि क्याम्पसहरुलाई सम्बन्धन दिएर वा आफैले कोर्ष संचालनमा ल्याएको औल्याउनुभयो ।

     केन्द्रिय क्याम्पसका क्याम्पस प्रमुख फणिन्द्र न्यौपानेले बोल्दै प्रयोगात्मक बुद्ध शिक्षा प्रति विश्वकै आकर्षण उच्च रहेको प्रस्ट पार्नुभयो । अन्तरक्रियामा बौद्ध विषयका अध्यता पोमनारायण पौडेल, चर्तुभुज पाण्डे, भेषराज पाण्डे, उज्जवल अधिकारी, रमेश पन्थी लगाएतले बोल्दै कपिलबस्तु बौद्ध विश्वविद्यालयले गर्ने आवश्यक निर्णयको प्रतिक्षामा रहेको तर्क गर्नुभएको थियो ।  

प्रकाशित : २४ पुस २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६