अर्थ-वाणिज्य

सिमा आसापासमा ठूलो परिमाणमा कुखुरा नष्ट, लागु औषधको भण्डार कक्ष शील



कपिलवस्तु २५ पुस ।भारतका बिभिन्न स्थानमा बर्ड फ्लु फैलीरहेका बेला कपिलवस्तुमा भारत बाट अबैधरुपमा भित्राइएका ५ क्युन्टल ( १७० ओटा ) ब्रोईंलर कुखुरा बरामद गरिएको छ । जिल्लाको सुद्धोदन गाउपालिकाको हथिहवा दोहनी सडकमा साईकलमा ल्याईरहेको अवस्थामा झन्डै २ लाख मुल्यका सो कुखुरा बरामद गरिएको हो । नौ वटा  साईकलमा ल्याईरहेको अवस्थामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले ब्रोईलर कुखरा बरामद गरेकोे प्रहरी उपरिक्षक नवराज अधिकारीले बताउनुभएको छ । साईलक चालक भने फरार भएका थिए ।

    बरामद गरिएको कुखुरा प्रहरी कार्यालयमा गाडेर नष्ट गरिएको छ । नौ वटा साईकल भने सुठौली भन्सार पठाइएको प्रहरी उपरिक्षक अधिकारीले बताउनुभएको छ । भारतमा बर्ड फ्लु फैलिरहेको अवस्थामा नाकाहरुमा कडाई गरिएको उहाले बताउनुभएको छ । भारतमा नेपाल भन्दा चल्ला र कुखुरा सस्तो पर्ने भएकाले तस्कारहरुले भारतबाट लुकीछिपी कुखुरा र चल्ला नेपाल भित्राउने गरेका छन । अहिले कपिलस्तुमा ब्र्रोईृलर कुखुराको मुल्य प्रति केजी ४ सय रुपैया रहेको मासु ब्यापारी बताउछन । 

    यता कपिलवस्तुको जिल्लाको बाणगंगा नगरपालिकामा लागु औषध सहि १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङको नेतृत्वमा खटिएको टोलिले बाणगंगा नगरपालिका वडा नं.४ सिद्दिपुर बाट १ जनालाई रंगेहात पक्राउ गरेको हो । गोप्य जानकारीको आधारमा विहिवार साँझ गरिएको अप्रेशनमा रिना सेनको घर कोठामा लागु औषध प्याकिङ गर्दै गरेको भनि स्थानियद्धारा सुचना पाएपछि ती युुवकलाई नियन्त्रणमा लिएको प्रहरी निरिक्षक दिनेश गुरुङ्ले बताएका छन् ।

    पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.३ ठाटिका ३१ बर्षिय रिषी थारु रहेका छन् । उनी सिद्दिपुर होराईजन स्थित रिना सेनको घरमा काम गरी बस्ने गरेको खुलेको छ । खान तलासी बाँकी रहेकोले उनको घरको एउटा कोठा स्थानिय, जनप्रतिनिधीको रोहबरमा सिल गरीएको छ ।

प्रकाशित : २५ पुस २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६