अर्थ-वाणिज्य

लुम्बिनी प्रदेशका १ सय ९ वटा पालिकामा कोशेली घर स्थापना गरिने



दाङ २६ पुष ।  स्थानीय उत्पादनको वृद्धि गरी त्यसको बजारीकरणका लागि लुम्बिनी प्रदेशका सबै स्थानीय तहमा कोशेली घर स्थापना गर्ने लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बताउनुभएको छ ।दाङको घोराहीमा रहेको सर्वोत्तम बहु-उद्देश्यीय सहकारी संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभामा बोल्दै उहाँले स्थानीय उत्पादनमा वृद्धि गरी बजारीकरणका लागि लुम्बिनी प्रदेशका १ सय ९ वटा पालिकामा कोशेली घर स्थापना गर्ने गरी काम अगाडि बढेको बताउनुभयो ।

किसानको उत्पादनले बजार नपाएको तर उपभोक्ताले महंगोमा खरिद गर्नुपर्ने बाध्यता रहेको भन्दै मन्त्री पौडेलले त्यसको अन्त्यका लागि प्रदेशका सबै जिल्लामा सहकारी बजार सुरु गर्ने गरी प्रदेश सरकारले काम अगाडि बढाएको विषयमा उहाँले जोड दिनुभयो । यस्तै कोरोना भाइरसका कारण बेरोजगार भएकाहरुलाई लक्षित गरेर लुम्बिनी प्रदेशमा कार्यक्रम सुरु भएको भन्दै सरकारले दिने गरेको अनुदानलाई थप प्रभावकारी बनाउनका लागि उत्पादनमा आधारित अनुदान दिने थालिएको उहाँले बताउनुभयो ।

प्रकाशित : २६ पुस २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६