अर्थ-वाणिज्य

प्रचण्डले ३३ बर्ष सम्म टिका लगाउदै अध्यक्ष बन्दै: मन्त्री रायमाझी



अर्घाखाँची २६ पुस । नेकपा स्थायी कमिटी सदस्य तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले संसद पुनस्थापनाको सपना नदेख्न आग्रह गरेका छन्। उनले मरेको मान्छे बिउँझन्छ भन्नु र संसदको पुनस्थापना हुन्छ भन्नु एउटै भएको भन्दै संसद पुनस्थापना दिवास्वप्न मात्र हुने दाबी गरे ।  प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाएर सडक पु¥याउने उद्देश्यले पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधव नेपालले डिजाइन गरेपनि प्रधानमन्त्री ओलीले तुहाइदिएको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी नेकपा मालारानी गाउँ कमिटी अर्घाखाँचीको गाउँपालिका स्त्तरिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई खनदहमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेदेखि नै पार्टी भित्रैबाट सरकारलाई घेराबन्दीमा पारी काम गर्न नदिएको भन्दै उनले विभिन्न कठिनाई र अवरोधकाबीच सरकारले जनमुखी र ऐतिहासिक काम गरेको दाबी गरे । ३३ वर्षसम्म प्रचण्ड आफैँ टिको लगाएर पार्टी अध्यक्ष बनेको भन्दै उनले पार्टी लाई खल्तीको पैसा जस्तो सम्झने प्रचण्डले नेकपालाई पनि आफ्नो कठपुतली बनाउन षड्यन्त्र गरेको आरोप लगाए । नेकपा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सदस्य चेतनारायण आचार्यले भारतका निर्देशन प्रचण्ड, माधव, झलनाथले पार्टी विभाजन गरेको आरोप लगाएका छन् ।

प्रकाशित : २६ पुस २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६