अर्थ-वाणिज्य

यूथ यूनिटी वेलफेयरको तदर्थ समिति विस्तार



कपिलवस्तु २७ पुस ।युथ युनिटी वेलफेयर एसोसियसन ‘युवा’ कपिलवस्तुको तदर्थ समिति गठन गरिएको छ । संस्थाको संयोजक र सहसंयोजक मात्र तोकेर विभिन्न सामाजिक कार्य गर्दै आएको संस्थाले तदर्थ समिति गठन गरेको हो । समितिको अध्यक्षमा लक्ष्मण सापकोटा, उपाध्यक्षमा असिम भटराई ,सृजना आचार्य, सचिवमा कोपिला गिरी, सह सचिवमा मधुसुधन भुसाल, कोषाध्यक्षमा पशुपति गिरी तथा सहकोषाध्यक्षमा सागर बन्जाडे सर्वसम्मत रुपमा चयन भएका छन् ।

    त्यस्तै सदस्यहरुमा सरोज घिमिरे, माधव आचार्य, विकास भुसाल, संजिता घिमिरे, पबित्रा भुसाल, अनिता पौडेल, प्रविण गौतम, मन्जु थापा क्षेत्री र अर्पण न्यौपाने सर्वसम्मत रुपमा चयन भएका हुन् । कपिलवस्तु जिल्लामै पहिलो पटक कपडा बैंक स्थापना गरेको उक्त संस्थाले झापा लगाएत अन्य जिल्लामा पनि त्यहांका स्थानीय संघ संस्था संग संवन्वय गरी न्यानो कपडा वितरण कार्यलाई निरन्तरता दिईरहेको छ । चार नम्बर जितपुर चोकमा कपडा संकलन केन्द्र स्थापना गरि झापा , सिरहा ,धनकुटामा त्यहाका स्थानिय संघसंस्थाहरु संग समन्वय गरि वितरण गरिसकेको छ । 

    अब अर्घाखाँची बाजुरा लगाएत जिल्लाका गरिव तथा विपन्न परिवारलाई कपडा वितरण गर्ने तयारी रहेको अध्यक्ष लक्ष्मण सापकोटाले बताउनुभयो । यस्तै शनिबार कपिलवस्तुको गोरुसिंगेमा पनि वितरण गरिएको छ । तदर्थ समिति गठन गरेसंगै विभिन्न मानविय तथा सामाजिक कार्य गर्दै संस्थालाई नमुना संस्थाको रुपमा अगाडि बढाउने सचिव कोपिला गिरीले बताउनुभयो ।

प्रकाशित : २७ पुस २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६