अर्थ-वाणिज्य

प्रचण्डलाई भूल सुधार गरे एक मौका दिने मुख्यमन्त्री पोखरेलको घोषणा



नेपालगंज २८ पुस । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का स्थायी समिति सदस्य शंकर पोखरेलले पार्टी सञ्चालनको जिम्मेवारी पाएका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले जिम्मेवारी पूरा नगरी प्रधानमन्त्रीमा अनुचित आँखा लगाउँदा विद्यमान समस्याको सिर्जना भएको आरोप लगाएका छन् ।नेकपाका लुम्बिनी प्रदेश इन्चार्ज समेत रहेका पोखरेलले सोमबार बाँकेका अगुवा कार्यकर्ताहरुलाई खजुरामा सम्बोधन गर्दैै प्रचण्डले प्रधानमन्त्री केपी ओली विरुद्ध षडयन्त्र गरेर ‘ऐतिहासिक भुल गरेको’ टिप्पणी पनि गरे । 

   ‘यो प्रचण्डको दोस्रो ऐतिहासिक भुल हो’, पार्टी एकतादेखि विभाजनसम्मको क्रमतालाई सिलसिलेवार प्रस्तुत गरेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेता पोखरेलले भने, ‘पहिलो पटक प्रधानमन्त्री हुँदा शान्ति सम्झौताका मुख्य पक्ष नेपाली सेनाका प्रधान सेनापति हटाउने अनुचित कार्य ऐतिहासिक भुल थियो ।’ स्थायी समिति सदस्य पोखरेलको टिप्पणी थियो, ‘दुई पार्टी नेता बीच पार्टी एकताका लागि भएको महत्वपूर्ण सम्झौता विपरित प्रथम अध्यक्ष विपरित निरन्तर षडयन्त्रमा लागेर केपी ओलीलाई हटाउन खोज्नु प्रचण्डको दोस्रो ऐतिहासिक भुल हो ।’

   पार्टी एकतापछि केपी ओलीको नेतृत्वमा सरकार बनाउन नदिने षडयन्त्र सुरु भएको र त्यसको नेतृत्व अध्यक्ष प्रचण्डले गरेपछि आधाआधा कार्यकाल प्रधानमन्त्री चलाउने ‘अनुचित सम्झौता’ गर्नुपरेको खुलासा नेता पोखरेलले गरे । ‘प्रधानमन्त्रीलाई पूरा कार्यकाल चलाउन दिने र कार्यकारी अध्यक्षका रुपमा प्रचण्डले पार्टी चलाउने सम्झौताको पनि पालना भएन’, पोखरेलले भने, ‘प्रचण्डका आँखा प्रधानमन्त्रीका कुर्सीमा टाँसिइरह्यो, पार्टी गतिविधि भन्दा हरेक दिन भाग खोज्दै बित्यो ।’ 

   यिनै घटनाक्रमले गलत मान्छेका हातमा सत्ता सुम्पिन नसकिने अवस्था आएकाले जनतामाझ जानु परेको तर्क लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेकपा नेता पोखरेलको थियो । ‘विश्वासको पर्खाल फोडेर प्रधानमन्त्री बन्न खोज्ने प्रवृत्तिका विरुद्ध चुनौति हो निर्वाचन घोषणा’, नेता पोखरेलले भने, ‘आफ्नो नेतृत्वमा बहुमत जितेर प्रधानमन्त्री बन्न छोेडेर किन निर्वाचनसँग डराएको होला रु’ पोखरेलले प्रचण्डका आरोपपत्र विभाजनको सुत्रधार भएको दाबी पनि गरे ।

    यद्यपि, पार्टी विभाजन बारे भने नेता पोखरेलले घुमाउरो तर्क गरे । ‘पार्टी एकताले कार्यकर्तालाई गतिरोध सिर्जना गरेको’ भन्दै नेता पोखरेलले भने, ‘जनताबीच जान रोकिएका कार्यकर्ताहरु प्रतिनिधिसभा विघटनको निर्णय पछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको कदमको रक्षा गर्न मैदानमा उत्रिएका छन् ।’ उनले विघटनपछि पार्टी चलायमान भएको भन्दै आफ्ना कमी, कमजोरी सच्याउँदै माफी मागेर आए प्रचण्डलाई ‘जिम्मेवारीमा फर्काउन सकिने’ बताए । त्यसअघि उनले प्रचण्डलाई कार्यकारी अध्यक्षबाट मुक्त गरिएपनि दोस्रो अध्यक्षको जिम्मेवारीमै रहेको कार्यकर्ता माझ दोहोर्याएका थिए ।

    बाँकेका पार्टी संयोजक पदम धितालको अध्यक्षतामा भएको अगुवा कार्यकर्ता भेलामा पार्टी केन्द्रीय सदस्य समेत रहेका लुम्बिनी सहइन्चार्ज बैजनाथ चौधरी, पार्टी केन्द्रीय सदस्य सुजाता शाक्य, केन्द्रीय सदस्य देवराज भार, खजुरा गाउँपालिका प्रमुख समेत रहेका पार्टी नेता किस्मत कुमार कक्षपति लगायतले बोलेका थिए ।

प्रकाशित : २८ पुस २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६