अर्थ-वाणिज्य

महासंघको १० औ साधारण सभा :पक्षधरता भित्र तटस्थता अपनाउन पत्रकारलाई बलदेवको आग्रह



कपिलवस्तु २८ पुस ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले देशमा राजनीतिक क्रान्ति सम्पन्न भैसकेको भन्दै अब शान्तिको र विकासको बाटोमा हिड्नुपर्ने बताउनुभएको छ । देशलाई तीव्र आर्थिक विकासमा लैजानु बाहेक अरु कुनै विकल्प नभएको भन्दै सबैले त्यतातिर ध्यान दिनुपर्नेमा नेता खनालले जोड दिनुभयो ।

    

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको १० औं बार्षिक साधारणसभामा बोल्दै नेता खनालले अबको पत्रकारिताले समृद्धिको यात्रा तय गर्नुपर्ने बताउनुभयो । अहिलेको राजनीतिक परिवर्तनमा पत्रकारको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै अब विकास केन्द्रित पत्रकारितामा जोड दिदैं मुलुकलाई समृद्धिको दिशामा लैजाने गरी कलम चलाउन उहाँले आग्रह गर्नुभयो ।

    पत्रकार कुनैपनि विचारको पक्षधरता हुनु हुँदैन भन्दा पनि पक्षधरता भित्र पनि निष्पक्षता खोज्न सके पत्रकारिता पेशा मर्यादित हुने कुरामा जोड दिनुभयो । कार्यक्रमा बोल्दै संघका केन्द्रिय सदस्य विपुल पोख्रेलले २१ औं शताब्दीको पत्रकारीता पेशामा दक्षता युक्त व्यवहारमा जनउपयोगी र मुल्य मान्यतामा प्रतिवद्ध किसिमको हुनु पर्ने बताउनु भयो । साथै उहाँले देशमा स्थिरता , सुसासन  र समृद्धि उन्मुख बाताबरण केहि दिन यता परिवर्तित भएको भन्दै अब व्यवस्था परिवर्तनको कुनै औचित्य नरहेको बताउनु भयो । 

    पत्रकार महासंघ विभिन्न चरणमा सहभागी भए पनि  पत्रकारको पेशा अहिले पनि अनिश्चित रहेको बताउनु भयो । राज्यका निकायले श्रमजिवी पत्रकार ऐन निशर्त कार्यान्वयन गर्दै आम सञ्चार क्षेत्रमा यसलाई लागु गर्नु पर्ने तर्क गर्नु भयो । कार्यक्रममा बोल्दै संघका सचिव उदय जिएमले मिडिया हाउसहरुले काम गर्ने पत्रकारलाई  श्रमजिवी ऐन अनुसार पारिश्रमिक दिनु पर्ने बताउनु भयो । कार्यक्रममा संघका केन्द्रिय सदस्य एवं प्रदेश ५ का इन्चार्ज बसन्त गिरीले  संख्यात्मक रुपले पत्रकारहरुको वृद्धि भएकोले अबका दिनमा गुणात्मक रुपले वृद्धि गर्नु पर्नेमा जोड दिनु भयो । श्रमजिवी ऐन अनुसार पारिश्रमिक दिन नसक्ने मिडिया हाउसहरु खोल्नुको कुनै औचित्य नरहेको उहाँले औल्याउनु भयो । कार्यक्रममा संघका जिल्ला अध्यक्ष डिलाराम भुषालले जिल्लामा महासंघको संस्थागत विकास भएको बताउनु भयो ।

    जिल्लाका ३ स्थान कपिलवस्तु नगरपालिका , वाणगंगा र वुद्धभुमि नगरपालिकामा  आफ्नै भवन भैसकेको र अब शिवराजमा पनि भवनका लागि पहल गरिने बताउनु भयो । संघको कार्य समितिले पत्रकारीताको विकासको लागि काम गरेको उहाँले जनाउनु भयो । कार्यक्रममा सचिव हरि अधिकारी र कोषाध्यक्षको दुवै प्रतिवेदन सर्वसम्मतले पारित गरिएको थियो । संघका उपाध्यक्ष पार्वती पाण्डेको स्वागतमा भएको कार्यक्रममा वाणगंगाका मेयर मंगल प्रसाद थारु , वुद्धभुमिका मेयर केशव कुमार श्रेष्ठ , प्रमुख जिल्ला अधिकारी दृघनारायण पौडेल , नेपाल पत्रकार महासंघका प्रदेश सदस्यहरु नन्दराम पौडेल , मनोज श्रीवास्तव , संघका पुर्व अध्यक्ष भेषराज पाण्डे , मनोज पौडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

     यस्तै साधारण सभाले पत्रकारको हक हितमा ११ वुँदे घोषणा पत्र जारी गरेको छ ।  नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले विश्वभरीनै महामारीको रुपमा फैलिएको कोभिड १९ को समयमा बिभिन्न माध्यमद्धारा सूचना संप्रेषण गर्नका लागि सम्पर्क समन्वय र सहकार्य गर्ने बिभिन्न संघ संस्था, स्थानीय तहका प्रमुख तथा प्रतिनिधीहरु प्रति यो सभा हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ । पत्रकारीताका क्षेत्रका बिभिन्न असहजताका बावजुत पनि संचार गृहको दिगो व्यवस्थापन र निरन्तरताका लागि स्थानीयतहरुसंग समन्वय र सहकार्य गर्न नेतृत्व समक्ष जोडदार माग गरेको छ । 

     जिल्लाका श्रमजिवी संचाकर्मीहरुको न्यूनतम पारिश्रमिक प्राप्त गरे नगरेको अनुगमन र त्यसको विवरण तथ्याङ्क अध्यावधिक गर्नु पर्नेमा  सभाले जोडदार माग गरेको छ ।  श्रमजिवी पत्रकार ऐनको पुर्ण कार्यान्वयन गर्दै श्रमजिवी पत्रकारहरुलाई तोकिएको सेवा सुविधा उपलब्ध गराउन सम्वद्ध पक्षसंग माग गरेको छ ।जिल्लामा सकृय संचाकर्मी पत्रकारहरुले आफ्ना संचारमाध्यमहरुद्धारा पेशागत मर्यादा र दायित्वलाई आत्मसाथ गर्दै संचार आचारसंहिताको पालना सहित समाचार र सूचना संप्रेषण गर्न   , जिल्लामा संचालित संचार गृह र मिडिया हाउसको दिगो विकास, पेसागत ग्यारेन्टी र आर्थिक श्रोत र  पहुँचका लागि राज्यका हरेक सूचना  समानुपातिक रुपमा वितरण हुनु पर्ने बताइएको छ । 

     संचार माध्यमहरुमा लैगिंक, अपागतांमैत्री मर्यादित शब्द, समावेशी बातावरण तैयार गरि सहजताका साथ कार्य गर्ने वातवरण सृजना गर्न र  हाल संख्यात्मक रुपमा संचारमाध्यम पत्रकार र संचाकर्मीको विकास भईरहेको छ, त्यसैरी नै गुणात्मक क्षमता विकास र  कार्ययोजना निमार्ण गर्न  माग गरेको छ । 

    कपिलवस्तु जिल्लाका पुरातात्विक र पर्यटकिय स्थलहरुको प्रचार प्रसार र संरक्षणका लागि संचारकर्मीहरुको सहभागितामा स्थानीय तहकै कार्ययोजना आउने गरि कपिलवस्तु विकास कोष गठनका साथै  जिल्लाबाट संचालित अनलाईहरुलाई अनिवार्य सूचिकृत गर्ने र समाचार शैलीमा प्रकाशन  र प्रशारण भएका बिज्ञापन बन्द गराउन माग गरिएको छ ।  प्रकोप, विपत र महामारीका समयमा आवश्यक पर्ने सार्बजनिक संरचनाहरु पालिका स्तरमै निमार्ण, संरक्षण र व्यपस्थापनको प्रबन्ध मिलाउन सरोकारवालाहरुको ध्यानाकर्षण गराइएको छ । 

प्रकाशित : २८ पुस २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६