कपिलवस्तु २९ पुस ।एक्कासी बढेको चिसोले कपिलबस्तु लगायततराईको जनजिवन प्रभाबित भएको छ । कपिलबस्तु सहित तराईका जिल्लामा बढेको अत्याधिक चिसोले गरिब विपन्न परिवारको दैनिकी कष्टकर बन्दै गएको छ । कपिलवस्तुको बाणगंगा वडा नम्बर ७ ले जनज्योति माबि मोतिपुमा कक्षा ११ र १२ मा अध्ययन गर्ने बिद्यार्थीहरुलाई न्यायो स्विटर वितरण गरेको छ ।
मंगबार एक कार्यक्रमका आयोजना गरि २ सय ७ जना बिद्यार्थीहरुलाई बिद्यालयको लोगो सहित स्विटर वितरण गरेको वडा अध्यक्ष बिष्णु गिरीले बताउनुभयो । गत बर्ष वडा भित्र रहेका सामुदायिक बिद्यालयमा अध्ययन गर्ने ९ सय ७५ जना बिद्यार्थीहरुलाई पनि न्यायो स्विटर वितरण गरिएको उहाँको भनाई छ ।
यता सामाजिक सेवा समुहले न्यानो कपाडा वितरण गरि उदाहरणिय कार्य गरेको छ । सामाजिक सेवा समुहले जिल्लाको वाणगंगा नगरपालिका वडा नं ४ मा रहेको वाणगंगा माविका सुस्त मनस्थिति र अनाथ बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो । कार्यक्रमको आयोजना गरि न्यानो कपडा वितरण अभियानको सुभारम्भ गरिएको समुहले जनाएको छ ।
प्रतिक्रिया