अर्थ-वाणिज्य

माघी प्रदेशको उच्च प्राथमिकता प्राप्त चाड : मुख्यमन्त्री पोखरेल



बुटवल  २९ पुस । माघी लुम्विनी प्रदेशवासी सबैको साझा पर्व भएको  मुख्यमन्त्री शंकर पोखरेलले वताउनु भएको छ ।माघे संक्रान्ति र माघीको अवसरमा लुम्बिनी प्रदेश सरकारले राखेको माघी मिलन कार्यक्रममा संवोधन गर्दै यस्तो वताउनु भएको हो । मुख्यमन्त्री शंकर पोखरेलको निजी निवासमा माघी मिलन कार्यक्रमको आयोजना गरिएको हो।कार्यक्रममा प्रदेशका जनप्रतिनिधिहरु, उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, संघसंस्थाका प्रतिनिधि, पत्रकार, समाजसेवीलाई निम्तो गरिएको छ। माघी र माघे संक्रान्तिको अवसरमा दुई दिन बिदा दिएको छ ।     लुम्बिनीमा बिहीबार र  शुक्रबार बिदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता माधवराज मरासिनीले वैशाख १० गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेशभर दुई दिन बिदा दिइएको जानकारी दिए । लुम्बिनी प्रदेशमा दाङ, कपिलवस्तु, बाँके, बर्दिया र रुपन्देहीमा माघी मनाउने थारु समूदायको बसोबास धेरै छ । माघे संक्रान्तिको अवसरमा लुम्बिनी प्रदेशका विभिन्न तीर्थस्थलहरुमा संक्रान्ति मेला लाग्दैछ । 

    यसैबिच कार्यक्रममा बोलदै माघी पर्व लुम्बिनी प्रदेशको साझा पर्व भएको मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् । मुख्यमन्त्री पोखरेलले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको असर पर्वमा समेत परेको हुनाले महामारीबाट जोगिएर उल्लाहासका साथ माघी पर्व मनाउन पनि आग्रह गरेका छन् । साथै लुम्बिनी प्रदेश सांस्कृतिक विविधतायुक्त प्रदेश भएको पनि मुख्यमन्त्रीले बताएका छन् । 

प्रकाशित : २९ पुस २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६