अर्थ-वाणिज्य

आर्या बचत तथा ऋण सहकारीको अध्यक्षमा पुनः घिमिरे



कपिलवस्तु १ माघ । कपिलवस्तुको तौलिहवा स्थित आर्या बचत तथा ऋण सहकारीको अध्यक्षमा प्रकाश घिमिरे पुनः निर्बिरोध चयन हुनु भएको छ । सहकारीको १२ औ साधारण सभा तथा चाथौ अधिबेशनबाट घिमिरेको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्बिरोध चयन गरिएको हो । समितिको उपाध्यक्षमा अनुप कुमार पाण्डेय, सचिवमा कृष्णमोहन शुक्ला, कोषाध्यक्षमा अनिरुद्र तिवारी चयन हुनु भएकोछ । यस्तै समितिको सदस्यहरुमा मदन गुप्ता शहिद मुसलमान, अनिल बहादुर क्षेत्री, सुरेश गुप्ता, संदीप कुमार दुबे, निशा श्रीवास्तव र संतोष मल्लाह निर्वाचित हुनु भएको हो ।
     यस्तै  मुकेश श्रीवास्तवको संयोजकत्वमा ऋण उप समिति निर्माण गरिएको छ । सो समितिमा सिता गिरी र पंकज गुप्ता सदस्य हुनु भएको छ । लेखा समितिमा रोधश्याम मिश्रा चयन हुनु भएकोछ । अधिबेशन अघि संपन्न भएको साधारण सभामा कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले नगरपालिकाले सहकारी संस्थाहरुको विकासलाई ध्यान दिएको बताउनु भयो । उहाले सहकारीहरुले आर्थिक विकासमा टेबा दिएको बताउनु भयो । उहाले सहकारीहरुले पारदर्शीरुपमा जनताको मन जित्ने गरी काम गर्नु पर्ने बताउनु भयो ।
     कार्यक्रममा अनुप कुमार पाण्डेयले गत आर्थिक बर्षको प्रगति र कोषाध्यक्ष बिष्णु बहादुर रायमाझीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाले गत आर्थिक बर्ष ३९ लाख ६६ हजारको कारोबार गरी ३ लाख ८४ हजार सुद्ध नाफा गरेको उहाले बताउनु भयो । कार्यक्रममा सहकारीको ब्यवस्थापक सुभम श्रेष्ठ, असल ऋणीहरु सुनिता दुबे, सिखा जैसवाल, तथा बचतकर्ताहरु मान सिंह क्षेत्री, किस्लवाती तमाल, पुष्पादेबी भटरा लगायतलाई सम्मानित गरिएको थियो ।
    घिमिरको अध्यक्षता र भक्तिराम पंथीको संचालनमा भएको कार्यक्रममा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गरै, वडा नम्बर २ का अध्यक्ष रामभजन कलवार लगातयले शुभकामना मन्तब्य दिएका थिए । दाश्रो कार्यकालकालागि निर्वाचित अध्यक्ष घिमिरले अबको कार्यकालमा आफुले सस्थाको भवन निर्माण गर्ने वताउनु भयो ।

प्रकाशित : १ माघ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६