अर्थ-वाणिज्य

प्रचण्ड निकटका केन्द्रिय नेता न्यौपाने ओली समुहमा प्रबेश



कपिलवस्तु ३ माघ ।नेकपाका केन्द्रिय सदस्य एवम कपिलवस्तु इन्चार्ज गीरधारीलाल न्यौपानेले प्रचण्ड नेपाल समुह छाडेर ओली समुहमा प्रबेश गर्नु भएको छ । साविक माओवादी केन्द्रको तर्फवाट नेकपाको केन्द्रिय नेतृत्वमा रहेका न्यौपाने पछिल्ला दिनहरुमा पार्टी २ समुहमा अनौपचारीक विभाजन भएको अवस्थामा प्रचण्ड नेपाल समुहमा कृयासिल रहेर संगठन निर्माणमा लागी पर्नु भएको थियो । यसैबीच  न्यौपानेले शुक्रवार प्रधानमन्त्री एवम नेकपा अध्यक्ष केपि ओलीसंग भेट गरेर आफ्नो समुह परिवर्तन गर्नु भएको हो । 

     काठमाडौमा रहनु भएका न्यौपानेले देशको आवश्यक्ता र जनताको भावना केपि ओलीको नेतृत्व अझै सुदृढ हुनुपर्ने देखिएकाले आफू ओलीकै पक्षमा लागेको जानकारी दिनु भयो । उहा नेकपाका स्थायी कमिटी सदस्य चक्रपाणी खनाल बलदेवको दाहिने हात जस्तै अभिन्न सहयात्री रहनु भएको थियो । प्रचण्ड र नारायण काजी दुबैसंग ब्यक्तिगत रुपमा नजिक रहेका न्यौपाने ओली समुहमा लागेपछि राजनीतिमा स्थायी मित्रता र सत्रुता भन्ने हुदैन भन्ने चरिचार्थ भएको छ । 

   यता नेकपाका केन्द्रिय सदस्य एवम कपिलवस्तु अध्यक्ष झविलाल पोखरेलले गीरधारीलाल न्यौपाने पार्टीको मूलघरमा फर्केकोमा स्वागत गरेको वताउनु भयो । उहाले अव नेकपाका जिल्ला इन्चार्ज न्यौपाने सह इन्चार्ज विमला घिमिरे सहित मूलरुपमा कपिलवस्तुको सिंगो नेतृत्वपंक्ति र कार्यकर्ताको ठूलो तप्का ओलीका पक्षमा देखा परेको वताउनु भयो ।

प्रकाशित : ३ माघ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६