काठमाण्डौ ५ माघ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ ।हिजो सात सय रुपैयाँले घटेर तोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ घटेकाले नेपाली बजारमा पनि सस्तो भएको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।चाँदीको भाउ भने आज हिजोजस्तै तोलाको १२ सय ३० रुपैयाँ कायम गरिएको महासङ्घले जनाएको छ ।
५ माघ २०७७, सोमबार
प्रतिक्रिया