अर्थ-वाणिज्य

बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै कोभिड नियन्त्रण अभियान सुरु



 कपिलबस्तु ६ माघ। कोभिड १९ अर्थात कोरोना भाइरसको जोखिमकै बिचमा बिद्यालय सुचारु हुंदा बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै कोभिड नियन्त्रण अभियान सुरु गरिएको छ । कपिलबस्तुका दक्षिणी क्षेत्रका बिद्यालयहरुमा बिशेष गरि गरिब, असहाय, दलित, मुस्लिम समुदायका बिद्यार्थीहरुलाई मास्क बितरण गरिएको हो । 

अभियानकै क्रममा मंगलबार कपिलबस्तु नगरपालिका वडा नम्बर २, बर्दहवा स्थित श्री गौतमबुद्ध प्राथमिक बिद्यालयमा लक्षित बालबालिकालाई  ५ सय थान मास्क बितरण गरिएको छ । बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष मुक्तार अहमद खांको अध्यक्षता, बिद्यालयका प्रधानाध्यापक सुजाता सुवालको संचालनमा भएको कार्यक्रममा उक्त सामग्री बितरण गरिएको हो । लुम्बिनी बिकास कोषका कार्यकारी सदस्य एवं नेपाली कांग्रेसका युवा नेता राजेश ज्ञवालीको संयोजनमा कोभिड नियन्त्रण अभियान अन्र्तगत उक्त मास्क बिद्यालयमा हस्तान्तरण गरिएको हो । 

जोखिमकै बिचमा बिद्यालय संचालन गर्दा बिद्यार्थीहरुको स्वास्थ्य संकट झन् बढ्दै जाने संभावनालाई न्यूनिकरण गर्ने अभिप्रायले बिद्यालयमा कोभिड नियन्त्रण सामग्री बितरण गरिएको कार्यक्रमका संयोजक ज्ञवालीले बताउनुभएको छ । उहाले अन्य बिद्यालयमा समेत कोभिड भाइरस नियन्त्रण सामग्री बितरण गरिने अभियान जारी रहने समेत जानकारी दिनुभयो । 

बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष खांले बिद्यालयमा नियमित सहयोग उपलब्ध गराइएको प्रति कार्यक्रम आयोजकलाई आभार प्रकट गर्नुभयो । शिक्षा र  समाजसेवाप्रतिको लगाव आयोजकपक्षको अझै बढ्दै जानुपर्नेमा समेत उहाले आग्रह गर्नुभयो 

प्रकाशित : ६ माघ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६