खेलकुद

प्रधानमन्त्री कप : कर्णाली प्रदेशद्धारा गण्डकी प्रदेशलाई पाँच विकेटले पराजित



बुटवल ६ माघ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ।मुलपानीस्थित क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको गण्डकीले ४२ ओभर ३ बलमा सबै विकेट गुमाएर २ सय ४ रन बनाएको थियो।गण्डकीका लागि राहुल उपाध्यायले ५३, अर्जुन कुमालले ४६, कप्तान विपिन खत्रीले ३२, विशाल पौडेलले १५ र दिनेश बुढामगरले १० रन बनाए।

बलिङतर्फ कर्णालीका दिनेश अधिकारीले तीन, अनुज चुनारा र दिवान पुनले दुई–दुई तथा रविन्द्र शाहीले एक विकेट लिए।२०५ रनको लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको कर्णालीले ३६ ओभर ५ बलमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो। कर्णालीका लागि हमांशु शाहले ६८, विपिन रावलले ४९, राज शाहले ३२ र हेमन्त वलीले २९ रन बनाए। बलिङतर्फ गण्डकीका विपिन खत्रीले ४ तथा सुवास भण्डारीले एक विकेट लिएपनि टोलीलाई जिताउन सकेनन्।

प्रकाशित : ६ माघ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६