खेलकुद

राष्ट्रिय महिला लिग : उद्घाटन खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी र नेपाल पुलिस खेल्दै



काठमाण्डौ ७ माघ । आजदेखि सुरु हुने राष्ट्रिय महिला लिग फुटबलको उद्घाटन खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्दै छन् ।खेल दशरथ रंगशालामा दिउँसो २ बजे हुनेछ । उद्घाटन पछिका अरु खेल भने एन्फाको मैदान सातदोबाटोमा हुनेछन् । एन्फाले महिला लिगको उद्घाटन खेल हेर्नका लागि दर्शकलाई निःशुल्क प्रवेशको सुविधा दिएको छ । पहिलो पटक डबल राउण्ड रोबिनको आधारमा आयोजना हुन लागेको महिला लिगमा ७ टोली सहभागी हुनेछन् ।

यस पटकको महिला लिगमा सहभागी टोलीले ४ विदेशी खेलाडी समेत राख्न पाउनेछन् । प्रतियोगितोको विजेता टोलीले १० लाख रुपैयाँ, दोस्रो हुनेले ८ लाख, तेस्रो हुनेले ५ लाख, चौथो हुनेले ३ लाख रुपैयाँ पाउने एन्फाले जनाएको छ । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर प्राप्त गर्ने र विधागत उत्कृष्ट खेलाडीले जनही ५० हजार रुपैयाँ पाउने एन्फाले जनाएको छ 

प्रकाशित : ७ माघ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६