लुम्बिनी

रुकुम पश्चिम झडप : घाइते वडाअध्यक्षसहित तीनजनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइयो



रुकुम पश्चिम ७ माघ । रुकुम पश्चिमको आठबीसकोटस्थित राडी बजारमा मंगलबार भएको झडपमा परी घाइते भएका वडाअध्यक्षसहित तीनजनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।नेपाली कांग्रेस र नेकपा प्रचण्ड–माधव समूह निकट युवाबीचको विवादले उग्ररुप लिँदा कांग्रेस निकट आठबीसकोट नगरपालिका –९, का वडाध्यक्ष तारकबहादुर शाहीसहित पाँचजना घाइते भएका थिए ।घाइते वडाध्यक्ष शाहीसहित तेजविक्रम आरसी र दीपक केसीलाई उपचारका लागि नेपालगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय आठबीसकोटका प्रहरी निरीक्षक लालबहादुर सुनारले बताए । अन्य दुईजनाको भने आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।

प्रनि सुनारका अनुसार सोमबार बेलुका सुरु भएको झडप मंगलबार दिनभर चलेको थियो । झडप नियन्त्रणमा लिन प्रहरीले १७ राउन्ड हवाई फायर गर्नुका साथै केही सेल अश्रुग्यास पनि प्रहार गरेको थियो । मंगलबार बेलुकी ५ बजेदेखि राडी बजारमा अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।दुवै पक्षबीच छलफल गराउने तयारी भइरहेको नेपाली कांग्रेस रुकुम पश्चिमका उपसभापति धिरेन्द्रकुमार बटालाले बताए ।

उपसभापति बटालाका अनुसार मंगलबार इलाका प्रहरी कार्यालय आठबीसकोटमा छलफल भइरहेका बेला नेकपा निकट वडा नम्बर–८ का वडाध्यक्ष मानबहादुर चदाराले प्रहरीको अगाडिनै चक्कु प्रहार गरेपछि विवादले उग्ररुप लिएको थियो ।विवादमा संलग्न ८ जनालाई नियन्त्रयामा लिइएको जिल्ला प्रहरी प्रमुख डीएसपी ध्रुवकुमार श्रेष्ठले बताए । डीएसपी श्रेष्ठका अनुसार नेकपा निकट वडा नम्बर–८, का वडाध्यक्ष मानबहादुर चदारा र वडा नम्बर–३ का वडाध्यक्ष केशरमान विकसहित आठ जनालाई नियन्त्रणमा लिइएको हो । उनीहरूलाई सुरक्षा र थप उपचारका लागि जिल्ला सदरमुकाम खलंगा ल्याइएको डीएसपी श्रेष्ठले बताए ।

प्रकाशित : ७ माघ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६