अर्थ-वाणिज्य

नेपालगञ्ज भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजस्व असुली



बाँके ८ माघ । बाँकेको नेपालगञ्ज भन्सार कार्यालयले छ महिनामा लक्ष्यभन्दा रु दुई अर्ब ३२ करोड बढी राजस्व असुली गरेको कार्यालय प्रमुख जयबहादुर भण्डारीले बताउनुभएको छ ।भन्सार कार्यालयको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको लक्ष्य रु सात अर्ब ५८ करोड रहेकोमा नौ अर्ब ९० करोड अर्थात् ३० दशमलव ६० प्रतिशत राजस्व असुली गरेको हो ।

चालु आर्थिक वर्षको पहिलो महिनामा १ सय ७७ प्रतिशत राजस्व असुली गरेको नेपालगञ्ज भन्सारले यस वर्ष राजस्व असुली कम हुने पुस महिनामा समेत १३८ प्रतिशत राजस्व सङ्कलन गरेको प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले जानकारी दिनुभएको छ । भन्सार कार्यालयको यस वर्ष रु १५ अर्ब १८ करोड ९२ लाख ८५ हजार राजस्व असुली गर्ने लक्ष्य रहेकोमा सजिलै पूरा हुने सङ्केत देखिएको छ । 

प्रकाशित : ८ माघ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६