खेलकुद

प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आज कर्णाली प्रदेश र प्रदेश १ खेल्दै



काठमाण्डौ ९ माघ । प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आज कर्णाली प्रदेश र प्रदेश १ खेल्दै छन् ।खेल कीर्तिपुरको त्रिवि मैदानमा बिहान ९ बजे हुनेछ । कर्णाली आज दोस्रो जितको खोजीमा हुने छ भने प्रदेश १ पहिलो जित निकाल्ने दाउमा छ । अहिलेसम्म खेलेका दुई खेलमा कर्णाली एकमा जित र एक हार व्यहोर्दै दुई अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ । तीन खेलमा तीनै खेल हारेको प्रदेश १ पुछारमा छ । यस्तै बिहान ९ बजे नै हुने अर्को खेलमा वाग्मती प्रदेश र प्रदेश २ खेल्ने छन् । दुईमा दुई खेल नै जितेको वाग्मती तालिकाको पहिलो स्थानमा छ भने प्रदेश २ पुछारबाट दोस्रो स्थानमा छ ।

प्रकाशित : ९ माघ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६