खेलकुद

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट : सुदूरपश्चिमले प्रदेश दुईलाई हरायो



काठमाण्डौ ११ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा सुदूरपश्चिमले प्रदेश दुईलाई हराएको छ । आइतबार त्रिवि क्रिकेटमा मैदानमा भएको खेलमा सुदुरपश्चिमले प्रदेश दुईलाई तीन विकेटले हराएको हो ।प्रदेश दुईले दिएको एक सय ९६ रनको लक्ष्य सुदूरपश्चिमले ३३ ओभरमा सात विकेट गुमाएर भेट्टायो । सुदूरपश्चिमका सन्जु धामीले ५७, खड्क बोहोराले ४३, गजेन्द्र बोहोराले ३९ रन बनाए । प्रदेश दुईका कुमार थापाले तीन, हरिशङ्कर साहले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश दुईले ४२ ओभरमा सबै विकेट गुमाएर एक सय ९५ रन बनाएको थियो । प्रदेश दुईका हरिशङ्कर साहले सर्वाधिक ६० रन बनाए । त्यस्तै विकेक यादवले ४१, मेहबुब आलमले २३ र राहुल प्रताप सिंहले १२ रन जोडे । सुदूरपश्चिमका शेर मल्ल, नरेन्द्र साउदले तीनरतीन तथा अरुण ऐरीले दुई विकेट लिए ।यी दुवै टिम प्रतियोगिताबाट भने बाहिरिसकेका छन् ।

प्रकाशित : ११ माघ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६