खेलकुद

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा लुम्बिनी र वाग्मती प्रदेश बराबरी



बुटवल ११ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा लुम्बिनी प्रदेश र वाग्मती प्रदेशले बराबरी खेलेका छन् । मुलपानी क्रिकेट मैदानमा वाग्मतीले दिएको दुई सय २१ रनको लक्ष्य पछ्याएको लुम्बीनी ४८ औँ ओभरमा दुई सय २० मा अलआउट भयो ।आठ विकेट हातमा रहँदा अन्तिम तीन ओभरमा तीन रन चाहिएकोमा लुम्बीनीले ४८ औँ ओभरको तेस्रो र अन्तिम बलमा विकेट गुमाउँदा खेल बराबरीमा सकिएको हो । लुम्बिनीका लागि केसी प्रकाश र कृष्ण कार्कीले समान ३१–३१ रन बनाए ।

वाग्मतीका विपिन आचार्यले चार विकेट लिए ।यसअघि टस जितेर ब्याटिङ गरेको वाग्मतीले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै दुई सय २० रन बनायो । वाग्मतीका लागि आदिल खान र ईशान पाण्डेले अर्धशतकीय पारी खेले । त्यस्नै आकाश थापाले ३९ रन जोडे ।

लुम्बिनीका दीपेन्द्र रावतले तीन विकेट लिए । खेल बराबरी भए पनि वाग्मती सेमिफाइनलमा प्रवेश गरेको छ भने लुम्बिनीको सेमिफाइनल यात्रा पुलिस र प्रदेश दुईबीचको खेलमा निर्भर रहेको छ । पुलिसले जित्दा समूह उपविजेता पुलिस सेमिफाइनलमा पुग्नेछ भने पुलिस पराजित भए लुम्बिनी सेमिफाइनलमा पुग्नेछ । 

प्रकाशित : ११ माघ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६