खेलकुद

प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेटमा आज पनि दुई खेल हुँदै



काठमाण्डौ १२ माघ ।  प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् ।कीर्तिपुर मैदानमा समूह चरणको अन्तिम खेलमा विभागीय टिम त्रिभुवन आर्मी र एपीएफ क्लब खेल्दैछन् ।समूह ‘ए’ मा रहेका आर्मी र एपीएफले अहिलेसम्म तीन खेल खेलेकामा जित निकालेर सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।आज हार्ने टोलीले वाग्मतीसँग फाइनल पुग्न प्रतिस्पर्धा गर्नेछ । त्यस्तै बिहान ९ बजे मुलपानी मैदानमा हुने अर्को खेलमा नेपाल पुलिस क्लब र प्रदेश(२ खेल्दैछन् । समूहमा ‘बी’ मा रहेको पुलिसले तीन खेल खेलेकामा दुई खेल जितेको छ भने एकमा हार व्यहोरेको छ ।

तीन खेल खेलेको प्रदेश-२ ले एउटा पनि खेल जितेको छैन । प्रदेश-२ प्रतियोगिताबाट बाहिरिसकेको छ । यसअघि हिजो भएको खेलमा बराबरी खेल्दै वाग्मती र लुम्बिनीले अंक बाँडेका छन् । वाग्मतीले चार खेलमा सात अंक जोडेको छ ।पाँच अंक जोडेको लुम्बिनीले भने अन्तिम चारमा स्थान बनाउन पुलिस र प्रदेश-२ बीच हुने खेलको नतिजा कुर्नुपर्ने भएको छ । पुलिसले प्रदेश(२ लाई हराएमा लुम्बिनीलाई उछिनेर समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।

प्रकाशित : १२ माघ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६