खेलकुद

नेपाल पुलिस क्लब प्रधानमन्त्री एकदिवसीय क्रिकेटको सेमिफाइनलमा प्रवेश



काठमाण्डौ १२ माघ । नेपाल पुलिस क्लब प्रधानमन्त्री एकदिवसीय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । काठमाण्डौको मुलपानी मैदानमा प्रदेश २ लाई चार विकेटले हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो । प्रदेश २ ले दिएको एक सय ७० रनको लक्ष्य पुलिसले ३८ ओभरमा ६ विकेट गुमाएर भेटायो । पुलिसको जितमा अनिल साहले ४७ र कुशल भुर्तेलले ४३ रन बनाए । प्रदेश २ का विवेक यादव र कुमार थापाले तीनरतीन विकेट लिए ।सोमबार (आज) को नतिजासँगै समूह बीु बाट वाग्मती र पुलिस सेमिफाइनलमा पुगेका छन् भने सुदूरपश्चिम, लुम्बिनी र प्रदेश २ बाहिरिएका छन् । प्रतियोगितामा प्रदेश २ ले एउटा पनि खेल जित्न सकेन् ।

सोमबार नै कीर्तिपुरमा भएको खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ६ रनले हराएको छ । एपीएफले दिएको दुई सय ४१ रनको लक्ष्य पछ्याएको आर्मीले ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ३४ रन मात्रै बनाउन सक्यो । आर्मीका लागि अनिल मण्डलले सबैभन्दा धेरै ४५ रन बनाए । एपीएफका कमल ऐरीले तीन र भुवन कार्कीले दुई विकेट लिए ।यसअघि एपीएफले सुमित महर्जनको ४६ र सुवास खकुरेलको ३८ रन मदतमा दुई सय ४० रन बनाएको थियो । आर्मीका हरी चौहान एक्लैले पाँच विकेट लिए । यो जितसँगै एपीएफ आठ अङ्कसहित समूह ए को विजेता बनेको छ । आर्मी पनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । समूह ए बाट कर्णाली, प्रदेश १ र गण्डकी बाहिरिएका छन् ।  

प्रकाशित : १२ माघ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६