खेलकुद

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल



काठमाण्डौ १४ माघ । आज प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट  प्रतियोगिताको  पहिलो  सेमिफाइनल  भइरहेको छ  ।  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ९ बजेपछि सुरु भएको सेमिफाइनलमा  विभागीय  क्लब  एपीएफ  र  नेपाल  पुलिस  भिडिरहेका छन् ।  एपीएफले टस हारेर पहिला ब्याटिङ गर्दै छ ।समूह एमा रहेको एपीएफ सबै चार वटै खेल जित्दै ८ अंकका  साथ सेमिफाइनलमा  पुग्दा समूह बीमा पुलिस भने चारमध्ये एक खेलमा पराजित हुदैँ ६ अंकका साथ उप विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो ।

राष्ट्रिय  खेलकुद  परिषद  राखेपको  आर्थिक  सहयोग  तथा  नेपाल  क्रिकेट  संघ  क्यानको  आयोजनामा  भइरहेको  ५०  ओभरको  एक  मात्र  घरेलु  क्रिकेट  जित्ने लक्ष्यमा एपीएफ रहेको छ ।पुलिस भने गत संस्करणको उपाधि विजेता  भएकाले  उसलाई  उपाधि जोगाउने  चुनौति  पनि  उत्तिकै  रहेको छ । एपीएफ र पुलिसबीच  तीन  पटक  भेट  हुँदा  दुई  पटक  पुलिस विजयी भएको छ भने एक पटक एपीएफले बाजी मारेको छ । प्रधानमन्त्री कपको उपाधि विजेताले १० लाख तथा उप विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने छ ।

प्रकाशित : १४ माघ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६