कपिलवस्तु १४ माघ। यही आउदो माघ २३ र २४ गते हुन गइरहेको कपिलबस्तु उद्योग बाणिंज्य संघको अधिवेशनको मिति नजिकीए सगै नयाँ नेतृत्वकालागि व्यवसायीहरुको दौडधुप बढेको छ । व्यवसायिहरु यतिवेला बजार पसल तथा उद्योग बाणिज्य संघको कार्यालयमा नयाँ नेतृत्व चयनको विषयमा आपसी छलफलमा व्यस्त छन् । आसन्न अधिवेशनमा कसलाई नेतृत्वमा लैजांदा व्यवसायीहरुको पक्षमा धेरै लाभ मिल्छ भन्ने विषयमा व्यवसायीहरु बिच चर्चा चुलिएको छ । अधिवेशनको लागि कपिलबस्तु उद्योग बाणिंज्य संघले भने सके सम्म सर्वसम्मत नेतृत्व ल्याउने प्रयास जारी रहेको अध्यक्ष उमानाथ पौडेलले बताउनुभयो ।
हाल सम्म मुख्य गरी नेकपा समर्थित ब्यवसायीको तर्फबाट अध्यक्षमा टोपनारायण बेल्बासे र कांग्रेस समर्थितको तर्फबाट अध्यक्ष पदका लागि दोलकराम घिमिरेको नाम चर्चामा छ । चर्चा सुरु भएसंगै नेतृत्व आफ्नो दाउमा पार्न अप्रत्यक्ष रुपमा दुबै समुह लागि रहेका छन् । अध्यक्षका प्रत्यासी टोपनारायण बेल्बासेले आफुहरु सकेसम्म सर्वसम्मत नेतृत्व चयनको कोशिसमा रहेको र निर्वाचनमै जान परे पनि व्यवसायीको हक हितको लागि सबै व्यवसायीको साथ आफुलाई रहने बताउनुभयो ।धेरै पटक त्याग गरेकाले यसपाली कुनै त्याग नगर्ने स्पष्ट पार्नु भयो ।
उता अर्का प्रत्यासी घिमिरेले भने यसपालिको अधिवेशनमा सबै व्यवसायिको समर्थन आफुलाई रहेको दाबी गर्नु भयो । माघ १५ गते विहिबार सांझ सम्म सदस्यता नविकरणको समय सिमा तिकिएको छ भने बस्तुगत र यसोसिएट तर्फ नयाँ सदस्यता दर्ता पनि भोली सम्म मात्र खुला गरिएको संघले जनाएको छ ।
प्रतिक्रिया