खेलकुद

शिवराजलाई प्रदेशमा अब्बल र राष्ट्रमा काउण्टेवल वनाउन खेल महोत्सव:मेयर अधिकारी



कपिलवस्तु १७ माघ । शिवराज क्षेत्रका यूवा खेलाडीलाई प्रदेशका अब्बल राष्ट्रका काउण्टेवल बनाउन नगरपालिकाले खेल महोत्सवको आयोजना गर्ने भएको छ । जसका लागि  कपिलवस्तुको शिवराज नगरपालिकामा माघ २२ गते देखि खेल महोत्सव हुने भएको छ । स्वास्थ्यका लागी खेल कुद राष्ट्रका लागी खेलकुद भन्ने मूल नारा सहित खेल महोत्सव हुन लागेको पत्रकार सम्मेलन गरी नगर प्रमुख नेत्रराज अधिकारीले बताउनु भयो ।

खेल महोत्सव बारे जानकारी दिदै नगर प्रमुख अधिकारीले राष्ट्रलाई अन्र्तराष्ट्रिय जगत सम्म पहिचान गराउन खेलले महत्वपूर्ण भूमिका खेल्ने हुदाँ नगरका खेलाडीहरुलाई प्रोत्साहन गर्नका लागी खेल महोत्सवको आयोजना गरिएकोे बताउनु भयो । माघ २२ गतेबाट सुरु हुने खेल महोत्सवमा विद्यालय स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगित, संस्घ संस्था क्लब स्तरिय मेयर कप र उप मेयर कप शिर्षकमा विभिन्न खेलकुद प्रतिस्पर्धा हुने मेयर अधिकारीले बताउनु भयो । 

खेल महोत्सवमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भलिबल,एथलेटिक्स,कराते लगायताका प्रतिस्पर्धा विद्यालय स्तरिय रहने शिवराज नगर खेलकुद विकास समितिका संयोजक नेत्र बेल्वासेले बताउनु भयो ।यस्तै मेयर कप प्रतियोगिता तर्फ फुटबल, भलिबल र क्रिकेट प्रतियोगिता हुनेछ भने उप मेयर कप तर्फ ,महिला फुटबल, र महिला कराते प्रतिस्पर्धा रहने संयोजक वेल्वासेले बताउनु भयो ।

पत्रकार सम्मेलनमा शिक्षा तथा खेलकुद शाखा प्रमुख लोकराज पन्थिले शिक्षा शाखाले तयार पारेको शैक्षिक दपर्ण पुस्तकको पनि सार्वजनिक गर्नु भयो । पुस्तक सार्वजनिक गर्दै पन्थिले नगरको सम्पूर्ण शैक्षिक गतिविधीलाई पुस्तकमा समेटेको बताउनु भयो । पुस्तकमा नगरका विद्यालयहरुको अवस्था ,लगानी ,विद्यार्थी संख्या लगायत नगरले विद्यालय व्यवस्थापनमा गरेका कामहरु उल्लेख गरिएको शिक्षा शाखा प्रमुख पन्थिले बताउनु भयो ।माघ २२ गते हुने उद्घाटन खेलमा शिवराज नगरपालिका, शिक्षकहरु र संचार कर्मि विच मैत्रि पूर्ण फुटबल र डोरी तान प्रतियोगिता हुने समेत नगर प्रमुख अधिकारीले जानकारी दिनु भयो ।

प्रकाशित : १७ माघ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६