कपिलवस्तु १९ माघ । बिश्व सिमसार क्षेत्रमा सुचिकृत जगदीशपुर तालमा ‘पानी र सिमसार जीवनका अभिन्न आधार भन्ने नाराकासाथ मंगलवार २५ औ सिमसार दिवस र आठौ चरा महोत्सव मनाईदै छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ९ र १० को वडा कार्यालय को सहकार्यमा जगदीशपुर जलासय ब्यस्थापन बहुसरोकार मञ्चको आयोजनामा दिवस बिभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।
मंचको आयोजनामा जगदीशपुरमा गरिएको पत्रकार भेटघाट कार्यक्रममा मंचका अध्यक्ष ललित गूरुङले सिमसार दिवसमा चरा महोत्सव देखि बिभिन्न कार्यक्रम गरिने बताए । कोरोना भाईरसका कारण बिगत बर्ष जस्तो भब्यरुपमा नभै सिमित ब्यक्तिहरुको सहभागीतामा कार्यक्रम गरिने उनले बताए । दिवसका अवसरमा हाफ म्याराथुन दौड, माबि स्तरीय निबन्ध प्रतियोगीता रक्तदान, जातिय भेषभुसा तथा नाच, थारु लठ्ठी नाच, झुमरा र मगर नाच प्रतियोगीता र प्रर्दशन गर्ने कार्यक्रम रहेको छ ।
दिवसमा अवसरमा २ जना संचारकर्मीलाई पुरस्कृत गर्ने समेत अध्यक्ष गुरुङले बताए । मंचका उपाध्यक्ष अब्दुल रसिद खाँले ताललाई सुन्दरीकरण र विकास गर्न सबैका साझा प्रयास आवश्यक रहेको बताए । वडा नम्बर ९ का अध्यक्ष शिव बहादुर बाग्लले तालको विकासकालागि योजनाबद्धरुपले अघि बढ्ने तर्कग । एक सय ५७ हेक्टर क्षेत्रफलमा रहेको ताल सन् २००३ मा विश्व सिमसार क्षेत्रमा सूचिकृत भएको थियो ।
तालमा १ सय १८ बढी प्रजातीका चराचुरुङगी, ८ प्रजातीका उभयचर र ३८ प्रजातीका सरिसृप पाईने नेपाल पंछी संरक्षण संघले गरेको अध्ययनले देखाएको छ । बिश्वमै दुर्लभ मानिएका आठ प्रजातीका चराचुरुङगीहरु पनि देख्न पाईन्छ । त्यस्तै तालमा १० प्रकारका स्तनधारीहरु पनि देख्न पाईने बरिष्ठ चराबिद् डा. हेमसागर बरालले बताए । पंक्षीहरुको डेरा मानिने तालमा ढुंगा संचालन गरिएपछि मानवीय गतिबिधि बढेसंगै चराको संख्या समेत घटेको छ । यसलाई सबैले गंभीर रुपमा लिनु पर्ने चराबिदरुले बताएका छन ।
प्रतिक्रिया