अर्थ-वाणिज्य

फागुन १ मा बुटवलमा जनसागर उर्लने न्यौपानेको उद्घोष,स्थानीय पालिकामा नेतृत्व हेरफेर



कपिलवस्तु १९ माघ  ।नेकपा केन्द्रिय सदस्य एवम् कपिलवस्तु इन्चार्ज गिरधारीलाल न्यौपानेले फाल्गुण १ गते बुटवलमा जनसागर उरलर्ने बताउनु भयो । नेता न्यौपानेले वर्तमान नेृतृत्वले राष्ट्रलाई अग्रगामी दिशा निर्दिष्ट गर्ने तर्क गर्दै पार्टीमा देखा परेका अराजनीतिक क्रियाकलापको विरुद्ध एकिकृत हुनु पर्ने बेला भएको धारणा राख्नु भयो । उहाँले पार्टीलाई विघटन गर्न खोज्नेहरुका विरुद्ध सघर्ष गर्दै गणतन्त्रको रक्षाका लागि पार्टीका सबै नेता कार्यकतामा प्रशिक्षणका माध्यमबाट भ्रम चिर्ने धारणा राख्नु भयो ।  

    नेकपा कपिलवस्तुको जिल्ला सचिवालय वैठकलाई मदन आश्रित स्मृती भवन तौलिहवामा सोमबार सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो । त्यस्तै नेकपाका केन्द्रिय सदस्य एवम् राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले नेकपाले थुप्रै होनहार कार्यकर्ता नेकपाले उत्पादन गरेको चर्चा गर्दै पार्टीले सबै कार्यकर्ताको उचित जिम्मेवारी प्रदान गर्ने बताउनु भयो । नेता घिमिरेले संकटका बेला कार्यकर्ताको पहिचान बन्ने बेला भएको जिकिर गर्नु भयो ।

    वैठकमा नेकपाका केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश कार्यालय सचिव बलराम अधिकारीले सबै पार्टी कार्यकर्ता सुदृढ संगठन निर्माणमा एकिकृत हुन आग्रह गर्नु भयो । नेता अधिकारीले पार्टीका हरेक क्रियाकलापमा कार्यकर्ता सचेत रहनुपर्ने जिकिर गर्नु भयो ।  सचिवालय वैठकले फाल्गुण १ गते २ लाखको जनसहभागिता बुटवलमा हुने वृहत जनसभामा कपिलवस्तु जिल्लाको क्षेत्र नं. १ बाट १० हजार, क्षेत्र नं. २ बाट ८ हजार र क्षेत्र नं. ३ बाट ७ हजार गरी जिल्लाबाट २५ हजार जनसहभागिता गराउने निर्णय गरेको नेकपा कपिलवस्तुले जनाएको छ ।

    त्यस्तै जनसहभागिताका लागि युवा, विद्यार्थी परिचालन गर्ने निर्णय गरेको छ । वैठकले जिल्लाका सबै वडा तहका वैठक माघ २५ गते भित्र सम्पन्न गर्ने निर्णय गरेको छ । वैठकले प्रतिनिधी सभा, प्रदेश सभाको जिम्मेवारी प्रदान गर्दै निर्वाचन क्षेत्र नं. नं. १ को सचिवमा बाबुराम आचार्यलाई जिम्मेवारी प्रदान गरेको छ । सम्पन्न सचिवालय वैठकले नेकपाले नगर तथा गाउँपालिका तहमा जिम्मेवारी प्रदान गरेको छ ।  वाणगंगा नगरपालिकाको इन्चार्जमा चक्रपाणी अर्याल, सहइन्चार्जमा सूर्य कुमारी शाही, अध्यक्षमा यूवराज पोख्रेल, उपाध्यक्षमा मुक्त बहादुर कार्की, सचिवमा विष्णु गिरी, नेकपा शिवराज नगरपालिकाको इन्चार्जमा नेत्र अधिकारी, अध्यक्षमा जगत पौडेल, उपाध्यक्षमा बलराम मरासिनी, सचिवमा निशा विक, नेकपा बुद्धभूमी नगरपालिकाको इन्चार्जमा पिताम्बर खनाल, सहइन्चार्जमा नरहरी भट्टराई, संयोजकमा  देवी बेल्बासे, उपाध्यक्ष मिनराज बेल्बासे, सचिव गोकर्ण पोख्रेललाई जिम्मेवारी प्रदान गरेको छ

     नेकपा कृष्णनगर नगरपालिकाको अध्यक्षमा सन्दिप मौर्या, नेकपा कपिलवस्तु नगरपालिकाको सचिवमा श्याम प्रजापति ,नेकपा महाराजगन्ज नगरपालिकाको अध्यक्षमा मेहराज खाँन, विजयनगर गाउँपालिकाको अध्यक्षमा थर्क बहादुर खन्गाहा, उपाध्यक्ष राम औतार यादव, सचिव गोविन्द्र सापकोटा, एशोधरा गाउँपालिकाको इन्चार्ज आजाज अहमद खाँ, अध्यक्षमा राममिलन चौधरी, उपाध्यक्ष खलिल मुसलवान, मायादेवी गाउँपालिकाको अध्यक्ष जगन्नाथ कुर्मी, शुद्धोधन गाउँपालिकाको इन्चार्जमा मुजिव खाँ, अध्यक्षमा बिनोद चौधरीलाई जिम्मेवारी प्रदान गरेको नेकपा कपिलवस्तुले जनाएको छ ।  

   नेकपमा जिल्ला संयोजक झविलाल पोख्रेलद्धारा वैठकमा समग्र जिल्लाको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने जिल्ला सहसंयोजक डम्मर प्रसाद शर्मा नेकपाका नेता बाबुराम खनाल, सिवि गहतराज, कृष्ण भण्डारीले वैठकमा क्षेत्रगत रिपोटिङ्ग प्रस्तुत गर्नु भयो ।नेकपाका केन्द्रिय सदस्य एवम् जिल्ला संयोजक झविलाल पोख्रेलको अध्यक्षता, जिल्ला सचिव धर्मराज भुसालको संचालनमा सम्पन्न सचिवालय वैठकमा नेकपामा केन्द्रिय सदस्यहरु कृष्ण पौडेल, मोहमद मुस्तफा,शान्तिदेवी चमार, जंजिर प्रसाद चौधरी,नेकपाका प्रदेश कमिटी सदस्यहरु खुमप्रसाद आचार्य, टेकराज पौडेल,इन्द्रमणी पौडेल, राधिका गौतम, सुमित्रा दमै, घरवरण यादव लगायतको आतिथ्यता रहेको नेकपा जिल्ला प्रचार तथा प्रकाशन विभागले जनाएको छ । 

प्रकाशित : १९ माघ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६