कपिलवस्तु २१ माघ ।कपिलवस्तु उद्योग बाणिंज्य संघको चुनावमा सर्वसहमत रुपमा नेतृत्व छान्न केहिदिन देखि निरन्तर वार्तामा जुटेका नेकपा र कांग्रेस निकटका ब्यावसायी नेता र पार्टीका जिम्मेवार नेताको बीचमा ४ कारणले सहमति हुन नसकेको पाइएको छ । पहिलो कारण हो नेकपाका २ समुहको साझा उम्मेदवारी सर्वसहमत रुपमा तय हुनु । जसका कारण नेकपा समर्थित ब्यवासायीले अर्काे समुहसंग अर्काे पटक नेतृत्व दिने लिखित सहमति गर्न अश्विकार गर्नुले सहमति जुटेन ।
दोश्रो कारण नेपाली कांग्रेस समर्थित समुहमा यसपाली जसरी पनि लड्ने जितहारलाई स्वभाविक ठान्ने भावनाले डोलकराम घिमिरेलाई अगाडी सारिएकाले सहमतिका लागि इच्छाभावना कमजोर देखियो । तेश्रो नेकपा समुहमा २ तिहाई मत आफ्नै पक्षमा रहेको भन्ने प्रारम्भीक विष्लेषणले धेरै त्याग गर्ने असमर्थता देखिएकोले सहमति जुट्न नसकेको वार्तामा सहभागि एक सदस्यले वताए । चौथो कारणले नेपाली कांग्रेस समर्थित समुहले नेकपाको विभाजित मानसिकतामा केहिपद लडेर जित्न सकिने आकलन गरेको र हारेमा २ समुह एक हुदा हारियो भन्ने जितेमा नेकपाका २ समुहलाई हराउन सफल भन्ने प्रचार गर्न पाइने भएकाले सहमतिकालागि त्यति तयार देखिएन वार्तामा सहभागिले वताए ।
फलस्वरुप नेकपा समर्थितका तर्फवाट अध्यक्ष पदमा टोपनारायण बेल्बासेले उम्मेदारी घोषणा गर्नु भयो । उहाको समुहवाट वरिष्ठ उपाध्यक्षमा छबी रेश्मी मगर , उद्योग तर्फ उपाध्यक्षमा कृष्ण सापकोटा , वाणिंज्य तर्फको उपाध्यक्ष कृष्ण प्रसाद गैरे , एसोसिएट तर्फ उपाध्यक्ष बिरेन्द्र खाँण , वस्तुगत उपाध्यक्ष तर्फ बाबुराम पाण्डे , महासचिवमा कुशल पौडेल र सचिवमा खिमानन्द पौडेल ( कपिल) रहनु भएको छ ।
त्यस्तै कोषाध्यक्षमा मनोहर योगी , सहकोषाध्यक्षमा यम बहादुर के.सी रहनु भएको छ । महिला सदस्य तर्फ शान्ति क्षेत्री , गिता पौडेललाई अगाडि सारिएको छ । त्यस्तै लेखा समिति संयोजकमा मोहन न्यौपाने सदस्यमा कृति मल्ल रहनु भएको छ ।यता अर्काे समुहवाट अध्यक्षमा डोलकराम घिमिरे बरिष्ठ उपाध्यक्षमा लक्ष्मण अधिकारी ,उद्योग उपाध्यक्षमा तुल्सीराम घिमिरे ,बाणिंज्य उपाध्यक्षमा , खुमानन्द घिमिरे महासचिवमा मनोज पौडेल ,कोषाध्यक्षमा बिनोद पन्त ,सचिवमा शंकर प्रसाद न्यौपाने ,सह कोषाध्यक्षमा सेराज अहमद लाई उम्मेदवार वनाइदैछ ।
महिला उपाध्यक्षमा इन्दिरा तिमिल्सीना ,महिला सदस्यमा लक्ष्मी थारु र मिना पौडेल पोखरेल ,एसोसियट उपाध्यक्षमा टोपनारायण भण्डारी , सदस्यमा लक्ष्मण भुसाल र मनोज बानियालाई उम्मेदवार वनाउने भएको छ । यस्तै वस्तुगत उपाध्यक्षमा शालिकराम भुसाल ,लेखा समितिमा कृष्ण अर्याल, बसन्त खनाल र फर्सुराम पन्तलाई चुनावी मैदानमा लडाउने नेपाली काग्रेस पक्षले निर्णय गरेको हो ।
प्रतिक्रिया