खेलकुद

बुद्धभुमि नगरस्तरीय १५ सदस्य डोरीतान संघ गठन



कपिलवस्तु २१ माघ । नेपाल डोरीतान संघ कपिलवस्तुको आयोजनामा बुद्धभुमि नगरपालिकामा यम बहादुर बोहराको अध्यक्षतामा १५ सदस्य डोरीतान संघ गठन भएको छ ।जसको उपाध्यक्षमा मृगेन्द्रपुन, सचिव हिरा थारु , कोषाध्यक्ष श्रृष्टी भट्राई र सदस्यहरुमा राजेन्द्र प्रसाद यादव, चन्द्रराम यादव, दुर्गा विक ,प्रदिप खडका ,राम अचल थारु ,नारायण मल्ल, जय बहादुर विक,राम किसुन चौधरी लगाएत रहेका छन , । मंगलवार बुद्धभुमि ४ स्थित नगरपालिकाको खेल मैदानमा आयोजिक कार्यक्रमको प्रमुख अतिथी वडा न ४का वडा अध्यक्ष पवन कुमार थारुले राष्टको लागी खेलकुद स्वास्थ्यको लागी खेलकुद भन्दै यो डोरीतान खेल पनि राष्टिय तथा अन्तराष्टिय प्रतियोगित हुने हुदा ष्यसको विकास हुन जरुरी रहेको बताउनु भयो । पहिलो पटक बुद्धभुमि नगर स्तरमा गठन भएको भन्दै यस संस्थाको विकासका लागी आफुले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । 

यसै गरि जिल्ला अध्यक्ष तथा कार्यक्रममा अध्यक्ष मिनराज बेलवासेले यो खेलअन्य खेलजस्तै डोरीतान खेल रहेको र यस खेललाई सबै पालिका र वडा स्तर सँम्म विस्तार गरिने बताउनु भयो । जिल्लामा ३ओटा पालिकामा गठन भई सकेको र वाकिं ७ओटामा माघ महिनाभरीमा गठन गर्ने बताउनु भयो । यो खेल अन्तराष्ट्रिय स्तर सम्म हुने हुदा खेलाडीहरुलाई तयारगर्न तथा तालिम दिन आवस्यक रहेको भन्दै स्थनीय सरकारको सहयोग आवस्यक रहेको बताउनु भएको छ । कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य रोम बहादुर थापा, उद्योगबाणीज्य संघ बुद्धभुमिका कोषाध्यक्ष सोभाखर बन्जाडेले लगाएतले समितिलाई बधाई तथा शुभकामना दिनु भएको थियो । कार्यक्रमको संचालन नेपाल डोरीतान संघका सचिव दामोदर खनालले संचालन गर्नु भएको थियो । जिल्लामा २ वर्ष पहिले डोरीतान संघ मिनराज बेलवासेको नेतृत्वमा गठन भएको थियो । 

प्रकाशित : २१ माघ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६