अर्थ-वाणिज्य

कपास उद्योगमा आगो लाग्दा १ करोड रुपैयाँभन्दा धेरैको नोक्सान



काठमाण्डौ २२ माघ । काठमाण्डौको चन्द्रागिरी नगरपालिका १० किसनडोलमा कपास उद्योगमा आगो लाग्दा १ करोड रुपैयाँभन्दा धेरैको नोक्सान भएको छ ।मेसिन तातेर आगो निस्किएको र त्यसैबाट आगोलागी भएको चन्द्रागिरी नगरपालिकाका प्रवक्ता हरीभक्त महर्जनले जानकारी दिनुभयो । आर्मी, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुको सहयोगमा गएराति नै आगोलाई नियन्त्रणमा लिइएको छ ।सतुंगलबाट बोसिगाउँ जाने बाटोमा पर्ने खुसीखुसी बस्तीको नजिकै नविन श्रेष्ठले संचालन गरेको कपास उद्योगमा लागेको आगो नियन्त्रण गर्न ८ वटा दमकलको प्रयोग गरिएको नगरपालिकाका प्रवक्ता महर्जनले बताउनुभयो ।

प्रकाशित : २२ माघ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६