खेलकुद

कपिलवस्तु डोरीतान संघद्धारा कपिलवस्तुमा एकैदिन दुई संघ विस्तार



कपिलवस्तु २७ माघ । कपिलवस्तु डोरी संघ लुम्बिनी प्रदेशले सोमबार (आज) एकैदिन दुई डोरीतान संघ गठन गरेको छ । संघले कपिलवस्तुको मायादेवी गाउँपालिका र शुद्धोधन गाउँपालिकामा डोरीतान संघ गठन गरेको हो । संघले मायादेवी गाउँपालिकामा सुनिल कुमार चौधरीको अध्यक्षतामा १९ सदस्यीय मायादेवी मायादेवी गाउँपालिका डोरीतान संघ गठन गरेको छ । त्यस्तै उता शुद्धोधन गाउँपालिकामा २१ सदस्यीय शुद्धोधन गाउँपालिका डोरीतान संघ गठन गरेको छ ।

डोरीतान संगठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै शुद्धोधन गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष तिलकराम यादवले कपिलवस्तुको दक्षिण भेगका बालबालिका लगायतलाई संगठित गरि यस्ता खेलकुद संगठनको विस्तार गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो । त्यस्तै उता मायादेवी गाउँपालिकाका अध्यक्ष वजरंगी प्रसाद चौधरीले विस्तारित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै गाउँपालिकाभित्र खेलकुदका गतिविधिलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभएको थियो ।

त्यस्तै लुम्बिनी डोरीतान संघका प्रदेश सदस्य रोम बहादुर थापाले मदेशी समुदायका बालबालिकाहरु अब अग्रसर हुनुपर्ने भन्दै खेलकुद क्षेत्रमा संलग्न हुन आग्रह गर्नुभएको थियो । आफ्नो समुदायमा विस्तारित यस संगठनले खेलकुदका कार्यक्रम आयोजना गरि समाज सकारात्मक सन्देश दिनुपर्ने बताउनुभएको थियो ।

कपिलवस्तु डोरीतान संघका अध्यक्ष मीनराज बेल्वासेले दक्षिण भेगमा पिछडिएका समुदायहरुमा यस्ता खेलकुद सम्बधी संगठनहरुको विस्तारले पनि एक सकारात्मक सन्देश दिने विश्वास व्यक्त गर्नुभएको छ । “राष्ट्रको लागी खेलकुद, स्वास्थ्यका लागी खेलकुद” भन्ने मुल नाराका साथ अघि बढेको कपिलवस्तु डोरीतान संघले पछिल्ला दिनहरुमा कपिलवस्तुका विभिन्न नगरपालिका तथा गाउँपालिकाहरुमा आफ्ना संघहरुको विस्तारलाई तीब्रता दिएको छ । 

प्रकाशित : २७ माघ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६