खेलकुद

प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिण्टन प्रतियोगिता आजदेखि हुँदै



काठमाण्डौ २८ माघ । प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिण्टन प्रतियोगिता आजदेखि हुँदैछ । फागुन १ गतेसम्म हुने  प्रतियोगितामा देशभरका तीन सय खेलाडीले आठ विधाका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन् ।भरतपुरको कभर्डहलमा हुने प्रतियोगितामा पहिलो हुनेलाई  एक लाख १५ हजार रुपैयाँ, दोस्रो हुनेलाई  ५५ हजार र तेस्रो हुनेलाई  १५ हजार नगद, ट्रफी र सम्मानपत्र दिइने आयोजकले जनाएको छ । प्रतियोगितामा १७ वर्षदेखि ४५ वर्ष उमेर समूहका खेलाडीले भाग लिनेछन् । प्रतियोगिताका लागि आठ लाख १९ हजार खर्च लाग्ने अनुमान छ ।   

प्रकाशित : २८ माघ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६