अर्थ-वाणिज्य

बुटवल जनसभामा कपिलवस्तुवाट २५ हजार :संयोजक पोख्रेल



कपिलवस्तु ३० माघ ।नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री के.पि. शर्मा ओलीले सम्बोधन गर्ने जनसभामा कपिलवस्तु जिल्लाबाट २५ हजारको जनसहभागिता हुने नेकपा कपिलवस्तुका संयोजक झविलाल पोख्रेलले बताउनु भयो । फाल्गुण १ गते लुम्बिनी प्रदेशद्धारा सिदेश्वरी माविको खेल मैदान दिपनगरमा आयोजित सभामा ३ सय बस, २ सय ५० साना गाडी र १ हजार मोटरसाईकल प्रयोग हुने संयोजक पोख्रेलले दावी गर्नु भएको छ ।

    संयोजक पोख्रेलले राष्ट्रिय स्वाधिनता, संविधानको रक्षा, अराजकताको अन्त्य , राजनीतिक स्थितरता र विकासका लागि ताजा जनादेशको पक्षमा बुटवलमा हुने विशाल जनसभामा सहभागिताका निम्ति कपिलवस्तुबासीलाई आग्रह गर्नु भएको छ । त्यस्तै नेकपाका केन्द्रिय सदस्य एवम् जिल्ला सहसंयोजक डम्मर शर्माले सुखी नेपाली, समृद्ध नेपालको अभियानलाई सार्थक पार्न जनसभा फलदायी हुने विश्वास ब्यक्त गर्दै जिल्लाको ४ नं. देखी १०ः३० बजेको प्रस्थान तालिका तय भएको जानकारी दिनु भयो । 

प्रकाशित : ३० माघ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६