ब्रेकिंग न्युज

डेपुटी गर्भनर रावलद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण



काठमाडौँ, ४ भदौः

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर दीर्घबहादुर रावलले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमका बीचमा राष्ट्र बैंकका गर्भनर प्रा डा विश्वनाथ पौडेलसमक्ष उहाँले पद तथा गोपनियताको शपथ लिनुभएको हो । मन्त्रिपरिषद्को भदौ ३ गतेको निर्णयअनुसार रावल डेपुटी गभर्नरमा नियुक्त हुनुभएको थियो । उहाँले आजै पदभारसमेत ग्रहण गर्नुभएको छ । गभर्नर पौडेलले डेपुटी गभर्नर रावललाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिनुभयो । डेपुटी गभर्नर रावल विसं २०६२ माघ २ गते सहायक निर्देशकका रूपमा बैंक सेवामा प्रवेश गर्नुभएको थियो । उहाँ विसं २०६९ मा उप-दिर्देशक, विसं २०७५ मा निर्देशक हुँदै विसं २०८२ जेठ १९ गते कार्यकारी निर्देशकमा पदोन्नति हुनुभएको थियो । पदोन्नतिपश्चात् उहाँले बैंक सुपरिवेक्षण विभागको नेतृत्व सम्हाल्दै आउनुभएको राष्ट्र बैंकले जनाएको छ । —

प्रकाशित : ४ भाद्र २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६