अर्थ-वाणिज्य

वीरगञ्जबाट भारतमा डिजल चोरी, निकासी गर्न खोज्ने तीन जना ट्याङ्करसहित पक्राउ



काठमाण्डौ ३ फागुन ।  वीरगञ्जबाट भारतमा डिजल चोरी, निकासी गर्न खोज्ने तीन जना ट्याङ्करसहित पक्राउ परेका छन् ।ना ७ ख १५ ११ नम्बरको ट्याङ्करबाट १३ सय लिटर डिजल भारततर्फ अवैध निकासी गर्न लागेको अवस्थामा वीरगञ्जको आईसीपी मूल गेट नजिकैबाट मकवानपुरका रामकृष्ण उप्रेती, अशोक पाख्रिन र पर्साका शम्भु महतोलाई प्रहरीले पक्राउ परेको हो । उनीहरुले भारततर्फ तेल चोरी गर्नका लागि विरगञ्जको श्वेता आयल ट्रेडर्सको ट्याङ्कर प्रयोग गरेका थिए । नेपालमा भन्दा भारतमा डिजलको मूल्य महँगो भएकाले चोरी, निकासी हुँदै आएको छ । 

प्रकाशित : ३ फाल्गुन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६