जीवनशैली

स्थानीय तह नागरिक समाज बलियो बनाउन चुके :सांसद पन्थी



कपिलवस्तु ९ फागुन ।लुम्विनी प्रदेश सभाका सांसद विष्णु पन्थीले देशभरका स्थानीय तह नागरिक समाजलाई सुदृढ गर्ने मामिलामा चुकेको वताउनु भएको छ। उहाले समाजमा सकरात्मक परिवर्तनका लागि नागरिक समाजको महत्वपुर्ण भुमिका हुने भन्दै स्थानीय सरकारले नागरिक समाजलाई बलियो बनाउन ठोस योजना ल्याउन आवश्कय रहेको बताउनु भएको छ । उहाले नागरिक समाजलाई जति बलियो बनाउन सक्यो त्यतीनै बढी लोकतन्त्र सुदृढ हुने भन्दै स्थानीय पालिकाले नागरिक समाजको महत्व बुझ्न जरुरी रहेको औल्याउनुभयो । 

    बगाणगांको पीस हिमालय रिर्सोटमा आयोजित स्थानीय सरकार र नागरिक समाज सहकार्य सम्बाद कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनु भएको हो । तीनै तहको सरकारको ध्यान अहिले बाटो निमार्णमा मात्र केन्द्रीत रहेको बताउदै नागरिक समाज र स्थानीय सामाजिक सघं सस्ंथाहरुलाई बलियो र व्यवस्थीत रुपमा संचालन गर्न बजेट विनियोज गरि सम्बोधन गर्न सक्नुपर्नेमा जोड दिनुभयो । यस्तै उहाले स्थानीय सरकार र नागरिक समाज एक आपसमा दोहोरो रुपमा सहकार्य र पहरेदारी गर्दै अगाडी बढ्न सकियो आवश्यक रहेको बताउनुभयो । 

यस्तै बुद्धभुमि नगरपालिकाका उपप्रमुख मिरा थारुले बोल्दै स्थानीय सरकार र नागरि समाजको सम्बन्ध सुमधुर रहेको बताउनुभयो । थारुले  आफ्नो नगरपालिकाले लैंगिक हिंसा न्युनिकरणका लागि लैंगिक हिंसा विरुद्ध कार्यविधी समेत पारित गरिसकेको जानकारी गराउनुभएको थियो । साथै उहाले नागरिक सवालका विषयमा पत्रकारहरुले समेत सकरात्मक समाचार सम्प्रेषण गर्नुपर्ने औल्याउनुभयो ।  यस्तै  मायादेवि गाउपालिकाका उपाध्यक्ष गिता तिवारीले सकरात्मक विकासका लागि सबै क्षेत्रमा महिला प्रतिनिधित्व बढाउनु पर्नेमा जोड दिनु्भएको थियो ।

    यस्तै कार्यक्रममा बोल्दै पोमनारायण पौडेलले समाजको विकास र रुपान्त्रण, समृद्धी र शुशासनमा नागरि समाजको अहम भुमिका रहने भएकाले नैतिक रुपमा सबैजना जवाफदेही हुनु पर्ने औल्याउनु भएको थियो । उहाले सरकारले निती निमार्ण गर्दा  गैरसरकारी सघं संस्थाहरुलाई व्यवस्थित र शुशासित तरिकाले अगाडी बढाउने किसिमका हुनेपर्नमा जोड दिनुभयो ।  यसैगरी कार्यक्रममा कपिलबस्तु नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाई , महिला अधिकार कर्मी चेतना अधिकारी, पार्वती आचार्य लगाएतले बोल्नु भएको थियो । 

कार्यक्रममा अधिवक्ता टुक बहादुर थापा र पत्रकार मनोज पौडेलले स्थानीय सरकार र नागरिक समाजको सहकार्य कसरी प्रभावकारी बनाउन सकिन्छ लागएतका विषय बस्तुमा  सहजिकरण गर्नुभएको थियो ।  सुशासन तथा विकासका लागि संस्था आई जि डी  को आयोजना र सुशासन तथा सामाजिक रुपान्त्रण केन्द्र कपिलबस्तु सी जि एस टी  को सहआयोजनामा कार्यक्रम सम्पन्न भएको हो । आई जि डी का अध्यक्ष मुक्ति रिजालको अध्यक्षता, सी जि एस टी का सचिव कृष्ण घिमिरेको संचालनमा सम्पन्न भएको हो ।  

प्रकाशित : ९ फाल्गुन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६