बुटवल १७ फागुन । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले लुम्विनी प्रदेशका जनताको स्वास्थ्य मनोविज्ञान क्रमश बदलिदै गएको र सबै उपचार प्रदेश भित्रै पाइने वातावरण समेत बन्दै गएको दावि गर्नु भएको छ । उहाले लुम्बिनी प्रादेशिक अस्पतालको फार्मेसी सेवालाई छिटो भन्दा छिटो विस्तार गर्न निर्देशन समेत दिनुभएको छ । अस्पतालको फार्मेसी सेवा विस्तार गर्न नसक्दा अस्पतालमा आउने विरामीले निजी औषधी पसलमा गएर महंगोमा औषधी किन्नुपर्ने बाध्यताको अन्त्य गर्न मुख्यमन्त्री पोखरेलले निर्देशन दिनुभएको हो ।
लुम्बिनी प्रादेशिक अस्पतालको १११ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले भौतिक पूर्वाधारले मात्रै अस्पतालमा आउने विरामीहरुको समस्या समाधान नहुने भन्दै मुख्यमन्त्री पोखरेलले यहां आउने विरामीलाई स्तरिय र सहज सेवाप्रदानका लागि अस्पतालले संकल्प गर्नुपर्ने बताउनुभयो । पोखरेलले अस्पतालका सटरहरु हटाएपछि सेवा सुधार भएको समेत दावी गर्नुभयो ।
मुख्यमन्त्री पोखरेलले अस्पतालको अहिलेको नेतृत्वले केहि सुधारका काम गरेपनि गर्नुपर्ने काम धेरै बांकि रहेको बताउनुभयो । उहांले मुख्यमन्त्री पोखरेलले प्रदेशका जनताको मनोविज्ञानमा परिवर्तन ल्याउनेगरि आफ्नो सेवालाई विस्तार स्तरिय बनाउन अस्पताल प्रशासनलाई आग्रह गर्नुभयो ।
विरामी भएपछि समयमै उपचार पाउने नागरिकको हक पुरागर्ने जिम्मेवारी अस्पताल र स्वास्थ्यकर्मीको भएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले सोहि अनुसार जनशक्तिको ज्ञानलाई अद्यावधिक गराउन पनि आग्रह गर्नुभयो ।मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा स्वास्थ्यविमा कार्यक्रम संचालन भईरहेको उल्लेख गर्दै विमा गरिएका विरामीहरु उपचारको लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य प्रादेशिक अस्पतालले गर्नुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री पोखरेलले कोरोना महामारीको अवस्थामा पनि कोरोना संक्रमितहरुको उपचार र व्यवस्थापन संगै नियमित सेवा प्रदान गरेर अस्पतालले आफुलाई नमूना योग्य बनाएको भन्दै धन्यवाद दिनुभयो । उहांले अस्पतालभित्रका गतिविधि नागरिकले बाहिरबाटै देख्न पाउनुपर्छ भन्ने आफुहरुको मान्यता रहेको उल्लेख गर्दै अस्पताललाई ठूला पर्खालले घेरेर जनताको पहुंचबाट टाढा बनाउन नहुने बताउनुभयो । मुख्यमन्त्री पोखरेलले प्रदेशको गौरबको आयोजनाको रुपमा अगाडी बढाईएको लुम्बिनी प्रादेशिक अस्पतालको डिपीआरको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्टराईले हाल ५ बेडको आईसियू र ५ बेडको क्याबिन रहेको अस्पतालमा आगामी बैशाखदेखि बढाएर ५०/५० बेड पु¥याईने बताउनभुयो । उहांले हाल ५ वटा डायलाईसिस मेशिनमार्फत मृगौलाका विरामीहरुको उपचार भईरहेकोमा १२ वटा मेशिन थप गरि सेवा शुरु गर्न लागिएको जानकारी दिनुभयो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। राजेन्द्र खनालले अस्पतालमा कार्यरत एकतिहाई चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी कोरोनाबाट संक्रमण भएरपनि कुनै दिन सेवा बन्द नगरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा अस्पतालका पुर्व अध्यक्ष बाबुराम भट्टराई, पुर्व मेडिकल सुपरिटेन्डेन्ट डा। कृष्ण बहादुर श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
प्रतिक्रिया