अर्थ-वाणिज्य

गत आवमा नेपालको आर्थिक वृद्धिदर नकारात्मक



काठमाडौं २० फागुन । आर्थिक वर्ष २०७६\७७ मा नेपालको आर्थिक वृद्धिदर नकारात्मक (ऋणात्मक) भएको छ । तथ्याङ्क विभागका अनुसार गत आवमा वाषिर्क आर्थिक वृद्धिदर-१.९९ प्रतिशत कायम भएको हो ।विभागले आधार वर्ष २०१०\११ लाई मान्दै गरेको विश्लेषणअनुसार गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर ऋणात्मक हुन पुगेको हो ।

सो वर्ष प्रतिव्यक्ति आय ११३४ अमेरिकी डलर रह्यो ।सरकारले चालु आर्थिक वर्षको बजेटमा भाषणमा २.२७ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान थियो ।चालू आवको पहिलो त्रैमासको वृद्धिदर समेत ऋणात्मक देखिएको छ । यो अवधिमा अर्थतन्त्र -४.६ प्रतिशत कायम भएको छ ।उता कोरोनाका कारण मुख्य प्रभावित बनेको गत आबको अन्तिम त्रैमासमा भने १५ प्रतिशतको कमि आएको थियो । त्यसमा क्रमशः सुधार देखिएको विभागको भनाइ छ ।

प्रकाशित : २० फाल्गुन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६