कपिलवस्तु २१ फागुन । गाउँलाई समृद्ध बनाउने नाराका साथ वाणगंगा नगरपालिका वडा नं २ ले काम गरेको जनाएको छ । वडा नं २ मा ३ वर्षको अवधिमा करिब १५ किलो मिटर पक्कि सडक निमार्ण भएको छ । आर्थिक वर्षमा २०७६ ÷७७ मा देवी स्थान मार्ग सडक मर्मत भएको छ । जुन ४२ लाखको लागतमा निमार्ण भएको हो । त्यस्तै गरि अर्को महत्वपुर्ण सडक लखन चोक लवनी सडक निमार्णधिन अवस्थामा रहेको छ । पिपरा बैजलपुर हुदै नन्दनगर जाने करिब ४ किलो मिटर सडकको ५० प्रतिशत काम पुरा भएको छ भने बाकी ५० प्रतिशत काम असार मशान्त सम्म पुरा हुने वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले बताउनु भयो ।
सडक पक्कि बनाउनका लागि ३ वर्षको अवधिमा ६ करोड बजेट लागेको छ । यो बजेटमा प्रदेशको समपुरक , संघको समपुरक र निर्शतमा करिब ३ करोड र बाँकी वडाकै वजेट रहेको छ । सडकमा गुणस्तरियका लागि जोड दिएका छौ , विशेष गरि अहिले बनेका सडक कम्तीमा १२ महिना सम्म नबिग्रउन भनी मापदण्ड बनाइएका छौ , अध्यक्ष पौडेलले वुद्धदर्पणलाई बताउनु भयो । १२ महिना सम्म सडक भत्कीएमा ठेकेदार नै जिन्मेवार हुनु पर्छ र पुनः उही ठेकेदारले बनाउनु पर्छ । यदि सहि समयको अवधिमा सडक विग्रीएमा धरौटीको रकम रोकिने छ । १२ महिना पछिको समयमा सडक बिग्रेको खण्डमा वडाले बनाउने छ ।
वडा भित्रका सबै सडकहरु ग्राभेल भएका छन । अबको २ वर्षमा पुरा हुने सडक कालो पत्रे हुन बाँकी ११ किलो मिटर सडक रहेने छ । यो सबै २ वर्ष भित्र पुरा हुने छ । जसले गर्दा वडा पुर्ण रुपले धुलो रहित सुन्दर वडा बन्नेछ । आवश्यक ठाउँमा नाली निमार्ण भएका छन । वडा भित्र २ किलो मिटर पक्की नाली निमार्ण भएको छ । जसले गर्दा ढलनिकासमा सहयोग पुर्याउने छ । वडा भित्र ५ वटा वहुवर्षिय योजना परेका छन । जसमा ३ वटा सडक , २ विद्यालय परेका छन । जनतामाविमा करिब ७५ लाखको लागतमा सभा हल बनेको छ । यसै वर्ष ३ करोड अन्तरगत २ तले ४ कोठे भवन बन्ने छन ।
विद्यालय हाता भित्रको सडक कालोपत्रे हुने छ । पक्कि नाली निमार्ण हुने छ । विद्यालयको प्रांगढमा इन्टरलक इटा बिच्छाइने छ । विद्यालयमा शुद्धखानेपानीको टयांकी निमार्ण हुने छ । विद्यालयमा छात्रा , छात्रको शौचालय बन्ने छ । विद्यालय हाताभित्रै ब्याडमिन्टन कोड बन्ने छ , जसले गर्दा विद्यार्थीहरु खेल्न पाउने छन । संघकै नमुना विद्यालय भएकोले ब्याडमिन्टन खेल्नको लागि हरेक वर्ष शिक्षा विभागबाट रु १ करोड ५० लाख निरन्तर रुपमा आउने छ ।
जनतामाविमा प्राविधिक शिक्षा ल्याइएको छ । कृषि , वन तथा नापी (अमिन )विषयको पढाई शुरु भएको छ । यसलाई व्यवस्थित गर्नको लागि विभाग छुट्टै बनाएर कामको जिम्मेवारी दिइएको छ । शिक्षाको गुणस्तरलाई राम्रो बनाइने छ । अन्य सामुदायिक विद्यालयहरु सुविधा सम्पन्न गराइएको छ । कैलाश आश्रम मनकामना संस्कृत विद्या पिठ विद्यालय विभिन्न भौतिक निमार्णका कामहरु भएका छन । जसअन्तगत कम्पाउड वाल निमार्ण , छात्रावास निमार्ण , सभाहल निमार्ण , अतिथि आवास निमार्ण , प्रवेशद्धार निमार्ण गरिएको छ ।
३ वर्ष अघि विद्युतको अवस्था निकै नाजुक थियो । बस्तीमा तार पोल नपुगेको सबैले टुकी बाल्ने अवस्था थियो । लाइट डिम ३ वर्षको अवधिमा विद्युतिकरण राम्रो गरिएको छ । सबैको घरधुरीमा विद्युत् पुगेको छ । वडा प्रदेशको विद्युत चुहावट मुक्त हुनेमा पहिलो भएको छ । विकास लागत सहभागितामा वडा प्रदेशको पहिलो भएको छ । अब वडा विद्युतको कुनै समस्या हुने छैन । यो आर्थिक वर्ष भित्रमा वडा वासीले शुद्ध पानी पिउन पाउने छन । शुद्ध पानीका लागि ३ वटा ओभरह्याड ट्यांकी निमार्ण गरिएको छ । प्रदेश , संघ , वडा र केहि गैरसरकारी संस्थाको आर्थिक सहयोगमा निमार्ण गएिको हो ।
वडामा रोजगारी सृजना गर्नका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन रहेको छ । यस कार्यक्रमबाट कम्तीमा १सय जनाले रोजगारी पाउने छन । वडाले पशुपालन फर्महरुलाई सहयोग पुर्याएको छ । अन्य पेशा व्यवसाय गर्नेहरुलाई पनि सहयोग पुर्याएको छ । वडा भित्र व्यवसायिक रुपमै सञ्चालनमा आएका ३६ दुग्ध र मासु व्यवसायी रहेका छन ।कृषि सहकारी , कृषि फर्म , कृषि समुह सञ्चालनमा रहेका छन । सिंचाई सुविधा पुर्याउनका लागि वडामा ३ वटा डिप बोरिङ रहेका छन जसमा एउटा निमार्ण पुरा भएको छ अरु २ वटा निमार्ण प्रक्रियामा रहेका छन । महिलाहरुलाई सिपमुलक कार्यक्रम गरिएको छ ।
लागुऔषध विरुद्धको सचेतना कार्यक्रमहरु भएका छन । वडा भित्र रहेको पिपरा अस्पतालाई सुवामा गुणस्तर र भौतिक सम्रचना सुविधा सम्पन्न गराउनका लागि वडा लागि परेको छ । लक्षित कार्यक्रममा समुदाय , भुगोल र वर्गलाई वजेट छुट्याएर कार्यक्रम गर्दै आइएको अध्यक्ष पौडेलले जनाउनु भयो । वडाले जनतालाई सेवा सरल र सहज रुपले दिदै आएकोछ । “वडाले आफ्नै सुविधा सम्पन्न भवन बनाएर सोहि भवनबाटै सेवा प्रवाह गरेको छ । जिल्ला समन्वय समिति , नगरपालिको आर्थिक सहयोगमा करिब १ करोडको लागतमा ९ कोठा सभाहल र आवास सहितको ढाईतले भवन निमार्ण गरिएको छ ।
उक्त भवन बनेको करिब ३ कट्ठा जमिन पिपरा कोठी महिला सामुदायिक बनले उपलब्ध गराएको हो । ” दोस्रो मेयर कप वडाले हात पार्न सफल भएको छ । त्यस्तै जनताआवास कार्यक्रम अन्तरगत ६ वटा घर निमार्ण भएका छन । वडाले ज्येष्ठ नागरिक र स्वयमसेवीकालाई पनि सम्मान गरेको छ । वडावासीलाई समृद्ध बनाउन दिएको प्रतिवद्धता २ वर्षमा पुरा हुने अध्यक्ष पौडेलले वुद्धदर्पणलाई जानकारी दिनु भयो ।
प्रतिक्रिया