अर्थ-वाणिज्य

बिमानस्थलको अन्तिम चरणका कामहरु धमाधम सञ्चालन



गुल्मी २६ फागुन । रेसुङ्गा बिमानस्थल शिलन्यास भएका डेढ दशक भइसकेको छ । दुई बर्षअघिबाट धुले उडान हुन थाल्यो । तर, नियमित उडान अझै भएको छैन । किनकी नियमित उडानको निम्ती आवश्यक भौतिक संरचनाको काम पुरै भएका छैनन् ।अहिले आएर बिमानस्थलको अन्तिम चरणका कामहरु धमाधम भइरहेका छन् । बिमान स्थलको महत्वपूर्ण संरचना टर्मिनल भवन र धावनमार्ग कालोपत्रे गर्ने काम तिव्र्र रुपमा अगाडी बढेको छ । टर्मिनल भवनसहित कन्ट्रोल टावरको नेपाल नागरिक उड्यन प्राधिकण एरोड्रो इन्जिनीयरिङ्ग विभाग मार्फत बोकोई श्रेष्ठ कन्सट्रक्सन जेभीले निर्माण सम्झौता गरेको छ ।

विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर चार करोड पाँच लाख २९ हजार छ सय १० रुपैयाँको लागतमा निर्माण सम्झौता गरिएको छ । ०७६ चैत ४ गते सम्झौता भएको भवन र टावरको काम ०७८ असोज मसान्त काम सम्पन्न गर्नुपर्ने छ । निर्माण कम्पनीले अहिले टर्मिनल भवनको पहिलो तल्ला ढलान गर्ने तयारीमा रहेको छ ।त्यस्तै अर्को महत्वपूर्ण संरचना धावन मार्ग कालोपत्रे गर्ने काम सुरु भएको छ । धावन मार्ग पाँच सय २० लम्बाई र २० मिटर चौडाईको छ । रौताह हरिहरी जेभीले अहिले धावन मार्ग कालेपत्रेको लागि सव बेस बिछ्याउने काम गरिरहेको छ । अझै बेस र कालोपत्रे गरेर दुई चरणको काम बाँकी रहेको छ ।

रौताह हरिहरी जेभीले धावन मार्ग कालोपत्रेको लागि ०७६ सालमा सात करोड २५ लाखमा निर्माण सम्झौता गरेको थियो । उसले गत कार्तिकसम्म काम सक्नुपर्ने थियो । तर, कोभिड, निर्माण सामग्री र निर्माण व्यावासायी आफैको ढिला सुस्तीका कारण समयमै काम गर्न सकेन् । अहिले पुनः साढे सात महिना ठेक्का म्याद पाएकाले काम धमाधम भएको छ ।

प्रकाशित : २६ फाल्गुन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६