कपिलवस्तु २९ फागुन । कपिलवस्तु कांग्रेसमा एक निर्विवादित ब्यक्तित्व ,स्वच्छ राजनैतिक छवि र अरु प्रति अनावश्यक टिका टिप्पणी नगर्नेृ पात्रले कांग्रेस प्रबक्ताको जिम्मेवारी पाउनु भएकोछ । नेपाली काग्रेस कपिलवस्तुले जिल्ला कार्यसमिति सदस्य विरेन्द्र प्रसाद मिश्रलाई पार्टी प्रवक्तामा मनोेनित गरेको हो ।काग्रेसको नियमावली २०७६को परिच्छेद १८ को धारा ६३ बमोजिम प्रवक्तामा मानोनित गरिएको पार्टी सभापती सुरेन्द्रराज आचार्यले बताउनुभयो ।
नेपाली काग्रेसलाई एकताबद्ध एवम् सु संगठित रुपमा परिचालन गर्ने जिम्मेवारी प्रदान गरिएकोले उक्त जिम्मेवारीलाई पुर्ण रुपमा निर्वाह गर्ने मिश्रले प्रतिकृया दिनुभयो ।मिश्रा राजनैतिक इमान र ब्यक्तिगत बचनमा अविचलित रहने स्वभावका मानिनु हुन्छ ।राजनीतिमा स्वच्छ छवि,पद पाउदा र नपाउदा उत्तिकै सहनशील र अरुप्रति अनाबश्यक टिका टिप्पणी नगर्ने उहाका स्वभावहरुहुन् ।
प्रतिक्रिया