प्रदेश

साउदीमा कार्यरत श्रमिकले रोजगारदाताको अनुमति बिनै काम फेर्न र आफ्नो देश फर्कन पाउने



काठमाण्डौ १ चैत्र ।  साउदीमा कार्यरत आप्रवासी श्रमिकले अब रोजगारदाताको अनुमति बिनै काम फेर्न र आफ्नो देश फर्कन पाउने भएका छन् । साउदीको अनलाइन समाचार पोर्टल अरब न्युजका अनुसार साउदी सरकारले आफ्नो कफला सिस्टमलाई परिमार्जन गर्दै साउदीमा कार्यरत श्रमिकले आइतबारदेखि काम परिवर्तन गर्न र आफ्नो देश फर्कन रोजगारदाताको अनुमति लिन नपर्ने व्यवस्था गरेको हो । साउदी सरकारले केही समय अघि नै गरेको यो घोषणा आज आइतबारदेखि लागू भएको हो । 

कफला प्रणाली अन्तर्गत साउदीमा कार्यरत श्रमिकले काम परिवर्तन गर्न र स्वदेश फर्कनका लागि आफू आबद्ध रोजगारदाताको पूर्व स्वीकृति दिनुपथ्र्यो । रोजगारदाताले अनुमति नदिएसम्म स्वदेश फर्कनसमेत पाइदैन थियो । तर अब साउदी सरकारले ल्याएको यो नयाँ नियमले त्यहाँ कार्यरत लाखौँ नेपालीसहित विदेशी श्रमिकलाई फाइदा पुग्नेछ ।स्पन्सरको अनुमति बिना स्वदेशसमेत फर्कन नपाउने साउदी सरकारको नियमले धेरै विदेशी श्रमिकको मानवअधिकारको समेत हनन भएको भन्दै विरोध भएको थियो ।साउदीले विदेशी नागरिकले पनि अब सिधैं सरकारी कामका लागि आवेदन दिन सक्ने भनेको छ ।यसअघि कतारले पनि यही नियम लागू गरिसकेको छ ।

प्रकाशित : १ चैत्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६