बुटवल २ चैत । लुम्बिनी प्रदेशका चारवटा जिल्लामा कोरोना भाइरस संक्रमणबाट सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ । गुल्मी, अर्घाखाँची, रोल्पा र रुकुम पूर्व अहिले सुन्य संक्रमित जिल्ला रहेको प्रदेश स्वास्थ्य निर्देशनायले जारी गरेको विवरणमा उल्लेख छ । लुम्बिनी प्रदेशमा आइतबार साझसम्मको विवरण अनुसार सक्रिय संक्रमितको संख्या १ सय १७ रहेको छ । आइतबार मात्र प्रदेशमा ६ जनामा संक्रमण पुष्टी भएको हो । रुपन्देहीमा ३ जना, पाल्पामा २ जना र दाङमा १ जनामा संक्रमण पुष्टी भएको थियो ।
रुपन्देहीमा सबै भन्दा बढी ३८ जना सक्रिय संक्रमित रहेका छन । त्यसै गरी दाङमा २५, बाँकेमा २०, पाल्पामा १३, बर्दियामा १०, कपिलबस्तु र नवलपरासीमा ५–५ जना र प्युठानमा एक जना सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।प्रदेशमा हालसम्म कुल संक्रमितको संख्या २७ हजार ४ सय ७५ रहेको छ । जसमा २६ हजार ९ सय ४९ जना निको भइसकेका छन् भने ४ सय ६ जनाको मृत्यु भएको छ ।
गत साउन महिनामा लुम्बिनी प्रदेशमा ठूलो संख्यामा संक्रमितहरु थपिने गरेका थिए । पछि सरकारले कन्ट्राक्ट ट्रेसिङ गर्न छोडेपछि संक्रमण पुष्टी हुनेसको संख्या कमि हुँदै गएको हो। अर्कोतर्फ संक्रमणको प्रभाव पनि न्युन हुँदै गएको छ । मृत्युदरमा पनि निकै कमि आएको छ।
प्रतिक्रिया