कपिलवस्तु ४ चैत ।खुला संग्रहालयकारुपमा रहेको प्राचिन कपिलवस्तुको पर्यटकन प्रबद्र्धनकालागि होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुको टोलीले मेची महाकाली यात्रा अभियान मंगलवारबाट सुरु गरेका छन । संघको १५ सदस्यीय टोली ओझेलमा रहेको बुद्धनगरी कपिलवस्तुको प्रचारप्रसारकालागि कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट मेची महाकाली यात्रा अभियान सुभारम्भ गरेका हुन । १३ दिने अभियान चैत १४ गते सम्म चल्ने छ ।
यात्राको सुभाराम्भकालागि समन्वय गरी दिन भन्दै संघले प्रजिअ चक्रपाणी पाण्डेलाई ज्ञापन पत्र बुझाएका छन । सात वटै प्रदेशका उद्योग तथा पर्यटन मन्त्रालयलाई आवश्यक जानकारी र समन्वय गरी दिन भन्दै संघका अध्यक्ष गोपाल खत्रीले प्रअिज पाण्डेयलाई ज्ञापन पत्र बुझाएका थिए । सो क्रममा प्रजिअ पाण्डेले अभियानको सफलताको कामना गर्दै अभियानमा आवश्यक सहयोेग र समन्वय गर्ने प्रतिबद्धता ब्यक्त गरे । ‘ कपिलवस्तुको पर्यटकीय विकासकालागि होटल तथा रेस्टुरेन्ट ब्यवसायीले गरेको यो अभियान निकै राम्रो छ ’ उनले भने ‘ यस्तो काम अरुहरुले समेत रिनतर गर्नु पर्छ ’ ।
अभियानकोक्रमा टोली मंगलवार ल्म्बिनी प्रदेशको बुटवल स्थित उद्योग तथा पर्यटन मन्त्रालयको टोलीसंग छलफल गर्नेछ । सो लगत्तै टोली नारायणगढ हुदै हेटौटा पुर्व जिल्ला जनकपुर, काठमाण्डौ पुग्नेछ । पोखरा, पछि पश्चिमी जिल्लाको भ्रमण गर्नेछ । ‘ हामी ७ वटै प्रदेशको राजधानीमा पुग्छौ ’ अध्यक्ष खत्रीले भने । सबै ठाउमा होटल तथा रेस्टुरेन्ट ब्यवसायी र्कै अगुवाइृमा कार्यक्रम गरिनेछ । प्रचारप्रसारकालागि निर्माण गरिएको कपिलवस्तसको चिनारी सहीतको ब्र्रोसर पम्प्लेट र डकुमेन्ट्रहरु प्रर्दशन गरिनेछ ।
कपिलवस्तुमा पछिल्लो समय होटल तथा रिसोर्टमा करोडौँ लगानी भइरहको छ । कोरोनाका कारण होटल तथा पर्यटकन ब्यवसायीहरु थलिएकोले यो अभियानले केही भए पनि उकास्ने उपाध्यक्ष रेशम ढकालले बताए । उनले यो अभियान आफूहरुको मात्रै नभएर सबै जिल्लाबासीको भएको बताए । अभियानमा जिल्लाका पालिकाहरुले समेत सहयोग गरेका छन । ३ वटा बुद्धको जन्मथालो रहेको कपिलवसतुमा बुद्धको क्रिडास्थल तिलौराकोट, बिश्व संपदा सुचीमा सुचीकृत जगदीशपुर ताल लगायतका ढेड सय बढी पर्यटकीय स्थलहरु छन ।
प्रतिक्रिया